एमालेद्धारा रामेछापको सरकारविरुद्ध र्याली

,ओली र लेखकको गैरन्यायिक गिरफ्तारीप्रति विरोध

रामेछाप,१५ चैत । नेकपा एमाले रामेछापले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरन्यायिक रूपमा राजनीतिक प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरिएको भन्दै विरोध जनाएको छ ।

 

एमाले जिल्ला कमिटी रामेछापको आयोजनामा आइतबार जिल्ल सदरमुकाम मन्थलीमा प्रदर्शन गर्नुका साथै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाइएको छ । पार्टी कार्यालयबाट निस्किएको विरोध र्याली सरकार विरुद्ध नारा लगाउँदै जिल्ला प्रशासन कार्यालयको गेटमा पुगेको थियो । र्यालीमा ओली र लेखकलाई तत्काल रिहा गर्न माग गरिएको थियो ।

 

जिल्ला प्रशासन कार्यायलय पुगेर एमाले नेताहरूले प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालाई विरोधपत्र बुझाएका थिए । नेकपा एमालेका अध्यक्ष पुरुषोत्तम कडरियाले प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र हस्तान्तरण गर्नु भयो । विधिमा रहेर निष्पक्ष छानबिन गर्दा कुनै आपत्ति नरहेको बताउँदै पार्टी सचिव प्रकाशकुमार कार्कीले गैरन्यायिक रूपमा गरिएको गिरफ्तारको विरुद्ध एमालेले विरोधपत्र बुझाएको जानकारी दिनु भयो ।

 

प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाएपछि जिल्ला प्रशासन कार्यालयको गेटमा आयोजित संक्षिप्त कोण सभामा बोल्दै एमाले वाग्मती प्रदेश कमिटी सदस्य एवं वाग्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले सरकारले फाँसीवादी चरित्र देखाएको बताउँदै यसमा सबै सतर्क हुनुपर्ने बताउनु भयो । उहाँले राजनीति गर्नु हुँदैन भनेर राज्यका सबै संयन्त्रमाथि चरम राजनीति गर्ने प्रयास भएको भन्दै उहाँले विरोध जनाएको छ । सरकार वैदेशिक नियोगहरूको इसारामा चलेको श्रेष्ठले बताउनु भयो ।

 

पार्टी जिल्ला अध्यक्ष पुरुषोत्तम कडरियाले राष्ट्रघाती प्रधानमन्त्रीलाई नेपाली जनताले माटोमुनि गाडेको कुरा नबिर्सिन प्रधानमन्त्री बालेनलाई चेतावनी दिनु भयो । उहाँले देशको लागि नेकपा एमाले रगत बगाउन तयार रहेको बताउनु भयो । सम्पत्ति शुद्धिकरणको कुरा गर्ने बालेन्द्रलाई सो मुद्दा खेपिरहेका आफ्नै पार्टी अध्यक्ष रवि लामिछानेलाई गिरफ्तार गरेर देखाउन पनि उहाँले चुनौती दिनु भयो । कडरियाले भदौ २३ को कुरा गरिरहँदा भदौ २३ र २४ को घटना गराउने नाइके बालेन्द्र साहको हातमा हतकडी लगाउने कानुन नेपालमा भएको कुरा बिर्सन पनि उहाँले चेतावनी दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा