काठमाडौँ,१५ चैत। विशेष अदालतले पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल सहित ९३ जनाविरुद्ध बहस नोट पेश गर्न भनेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँहरूलाई १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो र सजाय माग गर्दै मुद्दा दायर गरेको थियो। आरोप अनुसार, पुर्व प्रधानमन्त्री नेपालले सरकारी जग्गा व्यक्तिगत र संस्थागत स्वार्थमा हस्तान्तरण गरेको दाबी गरिएको छ।
विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बहस नोट मागेको हो।









