नागढुंगा सुरुङ ५ वर्षका लागि ठेक्का

काठमाडौं,१६ चैत । लामो समयदेखि प्रतीक्षामा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन, व्यवस्थापन र मर्मतसम्भारका लागि ठेकेदार कम्पनी छनोट भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले चिनियाँ र नेपाली कम्पनीको संयुक्त उपक्रम र युसिन–एआरटीलाई यसको जिम्मेवारी दिने निर्णय गरेको हो ।

 

आयोजनाले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै चिनियाँ कम्पनी चोङकिङ युसिन रोड एन्ड ब्रिज डेभलपमेन्ट र नेपाली कम्पनी ‘एआरटी कन्स्ट्रक्सन’ को जेभीलाई छनोट गरिएको जनाएको छ । यो कम्पनीले २.६५ किलोमिटर लामो सुरुङमार्गको आगामी ५ वर्षसम्म सञ्चालन र मर्मतसम्भार गर्नेछ ।

 

युसिन–एआरटी जेभीले भ्याट र प्रोभिजलनल सहित कुल १ अर्ब १० करोड ४० लाख ३७ हजार ८ सय रुपैयाँमा ठेक्का पाएको हो । यो रकम सरकारी लागत अनुमानभन्दा करिब ४० प्रतिशत कम हो । सम्झौताअनुसार कम्पनीले वार्षिक औसत २२ करोड रुपैयाँमा सुरुङमार्गको सञ्चालन, प्राविधिक व्यवस्थापन र मर्मतसम्भारको काम गर्नुपर्नेछ ।

यसअघि आयोजनाले सन् २०२५ नोभेम्बर २ मा बोलपत्र आह्वान गरेको थियो । प्राप्त बोलपत्रहरूमध्ये सबैभन्दा कम रकम प्रस्ताव गर्ने यो कम्पनीलाई आशयको सूचना जारी गरिएको हो ।

 

एक साताभित्र सम्झौताका लागि आह्वान

आयोजनाले छनोट भएको कम्पनीलाई ठेक्का सम्झौताका लागि सात दिनभित्र सम्पर्क गर्न बोलाएको छ । सम्झौता भएपछि कम्पनीले सुरुङमार्गभित्रका उपकरणहरूको सञ्चालन, सुरक्षा व्यवस्थापन, ट्राफिक नियमन, र नियमित मर्मतसम्भारको जिम्मेवारी सम्हाल्नेछ ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नेपालको पहिलो यातायात सुरुङमार्ग हो, जसले काठमाडौं प्रवेश गर्ने सवारी साधनहरूको यात्रा समय र इन्धन खपतमा उल्लेख्य बचत गर्ने अपेक्षा गरिएको छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने