काठमाडौँ,१६ चैत । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई उजुरी बोकेर (हर्क साम्पाङ) साइबर ब्युरो पुग्नु भएको छ । सामाजिक सञ्जालमार्फत आफूलाई ज्यान मार्ने र घर जलाउने धम्की दिने काम भएको भन्दै उनी उजुरी बोकेर ब्युरो पुग्नु भएको हो ।
सुनिता खड्का नामकी व्यक्तिले टिकटक लगायत सामाजिक सञ्जालमा आफू र आफ्नो परिवारलाई लक्षित गरी गालीगलौज सहित धम्की दिएको उहाँको उजुरीमा उल्लेख छ । उहाँले उक्त घटनाका प्रमाणस्वरूप भिडियो र फोटोसमेत साइबर ब्युरोमा पेश गरेको बताउनु भिएको थियो ।
यस विषयलाई लिएर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा समेत प्रतिक्रिया जनाउँदै सरकार र सम्बन्धित निकायले आफ्ना समर्थकविरुद्ध कारबाही गर्छ कि गर्दैन भन्ने प्रश्न उठाउनु भएको छ ।











