नेपाल विद्युत प्राधिकरणकोे कठोर कदम

विद्युत महसुल बक्यौता नतिरेसम्म लाइन काट्ने अभियान निरन्तर जारी

रौतहट,१८ चैत ।  नेपाल विद्युत प्राधिकरण, गौर वितरण केन्द्रले विद्युत महसुल बक्यौता असुलीका लागि आफ्नो अभियानलाई तीव्र पारेको छ। लामो समयदेखि महसुल नतिर्ने व्यक्तिगत ग्राहक, निजी व्यावसायिक प्रतिष्ठान तथा सरकारी कार्यालयहरूलाई लक्षित गरी प्राधिकरणले कठोर कदम चालेको हो।

गौर वितरण केन्द्रका प्रमुख धिरेन्द्र यादवका अनुसार पटक–पटकको ताकेतालाई बेवास्ता गरेपछि एकैदिन राजदेवी, ईशनाथ, गरुडा र माधवनारायण नगरपालिकाको विद्युत लाइन काटिएको थियो। लाइन काटिएपछि राजदेवी, गरुडा र ईशनाथ नगरपालिकाले आंशिक बक्यौता बुझाएपछि मात्र पुनः विद्युत सुचारु गरिएको छ।

प्राधिकरणका अनुसार गौर वितरण केन्द्र मातहतका गौर, राजदेवी, दुर्गा भगवती, माधवनारायण, गढीमाई, गरुडा, परोहा, राजपुर, ईशनाथ, यमुनामाई र वृन्दावन नगरपालिका (२ वडा) भित्रका विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयहरूले महसुल तिर्न अझै आलटाल गरिरहेका छन्।
हाल पहिलो चरणमा सडक बत्ती बाहेकका अन्य बक्यौता उठाउने कार्य भइरहेको गौर वितरण केन्द्रका प्रमुख यादवले बतउनु भयो । उहाँका अनुसार साउन १ गतेदेखि चैत १६ गतेसम्मको अवधिमा ९ करोड ५५ लाख ८३ हजार ३१६ रुपियाँ बक्यौता रहेका कुल २ हजार ४५ जना ग्राहकको लाइन काटिएको हो ।
तीमध्ये १ हजार ७७२ ग्राहकले ५ करोड ५० लाख १५ हजार ३७७ रुपियाँ महसुल बुझाएर लाइन सुचारु गरिएको छ । कालोसूचीमा रहेका ६० जनाबाट २४ लाख ४९ हजार ६३५ रुपियाँ असुल गरिएको छ। साथै, विद्युत चुहावट (चोरी) मा संलग्न १२० जनालाई कारबाही गरी १५ लाख ७६ हजार १२४ रुपियाँ जरिवाना गरिएको उहाँले जानकारी दिनु भयो ।
कुनै पनि बहानामा विद्युत महसुल नबुझाउने कार्य मान्य हुने छैन। सरकारी निकाय होस् वा प्रभावशाली व्यक्ति, बक्यौता नतिरेसम्म लाइन काट्ने अभियान निरन्तर जारी रहने प्राधिकरण गौरले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने