इनिशाको पोस्टमार्टम रिपोर्टप्रति असन्तुष्टि जनाउँदै परिवारद्धारा पुनः अनुसन्धानको माग

इनिशाको शव २६ दिनदेखि कर्णाली प्रादेशिक अस्पतालको शव गृहमै

सुर्खेत,१८ चैत । इनिशा विक हत्या आरोपमा पक्राउ परेका चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । सुर्खेत जिल्ला अदालतका बाल इजलासका न्यायाधीश दीपक ढकालको इजलासले आरोपित चारै जनालाई थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेशअनुसार उनीहरूलाई बाल सुधार गृहमा पठाइने भएको छ ।

 

अदालतका सूचना अधिकारी उज्ज्वल रावलकारका अनुसार घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान पूरा नहुँदासम्म थुनामै राखेर मुद्दा अघि बढाउने आदेश गरिएको हो । सोमबारदेखि बाल इजलासमा सुनुवाइ भई रहेको उक्त मुद्दामा मंगलबारको थुनछेक बहसपछि अदालतले यस्तो आदेश दिएको हो ।

 

प्रहरीले अनुसन्धानकाक्रममा इनिशा घटनामा सामूहिक बलात्कारको तथ्य फेला नपरेको भन्दै मुख्य अभियुक्तलाई जवरजस्तीकरणी सहित कर्तव्य ज्यान र अन्य तीन जनालाई कर्तव्य ज्यानमा मुद्दा चलाउन माग गर्दै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले अभियुक्तलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १, २ र ७ अनुसार कैद सजाय र जरिवाना मागवादी गरी अभियोग दायर गरेको थियो ।

 

उक्त अभियोग अनुसार २१९ को उपदफा ३ को खण्ड (घ) बमोजिम जबरजस्ती करणीमा १० देखि १२ वर्ष कैद सजाय र कसुर प्रमाणित भयो भने पीडितलाई क्षतिपूर्ति दिने गरी पाँच लाख रुपैयाँ जरिवाना र कर्तव्य ज्यान अन्तर्गत आजीवन कारावासको माग दाबी गरिएको छ ।

दुवै पक्ष प्रदर्शनमा
इनिशा विक हत्या आरोपमा पक्राउ परेका चार जनाविरुद्ध सामूहिक बलात्कार र कर्तव्य ज्यान मुद्दामा अभियोग दर्ता गरिए पछि इनिशा प्रकरणमा दुवै पक्ष प्रदर्शनमा उत्रिएका छन् । आइतबार अदालतमा अभियोग दर्ता गरिएसँगै सोमबारदेखि आरोपित पक्षका आफन्तहरू पनि प्रदर्शनमा उत्रिएका हुन् ।

२५दिनदेखि इनिशाका आफन्त र अधिकारर्कीहरुले इनिशालाई न्याय माग्दै प्रदर्शन र धर्ना गरिरहेका छन् ।

आइतबार सरकारी वकिल कार्यालयले अभियोजन दर्ता गरेसँगै पक्राउ परेका किशोरहरूका आफन्तहरू पनि प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले मंगलबार सरकारी वकिल कार्यालय अगाडि धर्ना दिएका छन् । अदालतमा इनिशाका आफन्त र अधिकारकर्मीहरूले धर्ना दिएका थिए । इनिशाको सामूहिक बलात्कार पछि हत्या गरिएको भन्दै पक्राउ परेकालाई कानुनी कारबाही गर्न उनीहरूको दबाब बढाई रहेका छन् ।

प्रहरीको अनुसन्धान प्रतिवेदन विपरीत सरकारी वकिल कार्यालयले आरोपित चार जनालाई सामूहिक बलात्कार र कर्तव्य ज्यान मुद्दामा निर्दोषलाई फसाउन खोजिएको आरोपितका आफन्तहरूको आरोप छ । न्यायालयले तथ्य र प्रमाणका आधारमा नभई हचुवाका आधारमा अभियोजन गरेको भन्दै आरोपित पक्षका आफन्तहरूले मंगलबार वीरेन्द्रनगरमा प्रदर्शन गरे ।

बजारमा प्रदर्शन पछि सुर्खेत जिल्ला अदालत अगाडि धर्नामा बसेका उनीहरूले सरकारी वकिलविरुद्ध राजाबाजीसमेत गरेका छन् । निर्दोषलाई फसाउन खोजिएको भन्दै उनीहरूले सरकारी वकिलविरुद्ध बाराबाजी गरे । एक जनाले गल्ती गरे पनि साथीलाई सहयोग गर्न गएकै आधारमा फसाउन खोजिएको उनीहरूको आरोप छ ।

फागुन २३ गते मृत्यु भएकी इनिशाको शव २६ दिनदेखि कर्णाली प्रादेशिक अस्पतालको शव गृहमै छ । इनिशाका आफन्तहरूले पोस्टमार्टम रिपोर्टप्रति समेत असन्तुष्टि जनाउँदै परिवारले पुनः अनुसन्धानको माग गरिरहेका छन् ।

सुर्खेतको उषा बाल वाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशाको घरपरिवार र आफन्तले सामूहिक बलात्कार पछि हत्या गरिएकोले इनिशाको हत्यामा संलग्नलाई कारबाही हुने विश्वस्त वातावरण नभएको भन्दै दबाब बढाइरहेका छन् ।

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने