१५ दिनमै निगमलाई करिब ५ अर्ब रुपैयाँ घाटामा

काठमाडौं । नेपाल आयल निगम पछिल्लो १५ दिनमै करिब ५ अर्ब रुपैयाँ घाटामा गएको देखिएको छ । निगमले सार्वजनिक गरेको विज्ञप्तिअनुसार पश्चिम एशियामा चर्किएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आपुर्तिमा समस्या हुँदा र निरन्तर मूल्य वृद्धि भएपछि यस्तो अवस्था आएको हो ।

जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य आकासिँदा इन्डियन आयल कर्पोरेशनबाट उच्च दरमा इन्धन खरिद गर्नुपरेको निगमले जनाएको छ । तर, स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्न नसक्दा निगमले ठूलो घाटा व्यहोर्नु परेको हो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि हुँदै गर्दा यसको असर आउँदो दिनमा निगमको घाटा अझ बढ्न सक्ने निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताएका छन् । उहा का अनुसार निगमको मूल्य स्थिरीकरण कोषमा हाल १९ अर्ब रुपैयाँ सञ्चित छ । मूल्य वृद्धिको घाटाको पूर्ति यही कोषबाट गर्दैआएको निगमले अब धेरै दिन धान्ने स्थिति भने दखिदैन ।

निगमका अनुसार हालको मूल्य संरचनामा पेट्रोल, डिजेल र एलपी ग्यासमा अझै घाटा कायम छ । यद्यपि, उपभोक्ताको हितलाई ध्यानमा राख्दै यी इन्धनको खुद्रा मूल्य भने यथावत् राखिएको छ ।
यसैबिच निगमले हवाई इन्धनको मूल्य भने समायोजन गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक सय २४ रुपैयाँले वृद्धि गर्दै १२७ रुपैयाँबाट २५१ रुपैयाँ पुर्याएकोछ ।

यस्तै, अन्तर्राष्ट्रिय उडान तर्फ हवाई इन्धनको मूल्य काठमाडौंका लागि प्रतिकिलोलिटर ८१९ अमेरिकी डलरले बढाएर १७८५ डलर पु¥याइएको छ भने पोखरा र भैरहवाका लागि पनि ब्रेक इभन प्वाइन्टमा विक्री मूल्य कायम गरिएको छ । यदि अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि जारी रहे आगामी दिनमा थप आर्थिक दबाब पर्ने चेतावनी पनि निगमले दिएको छ ।निगमले इन्धन आपूर्ति प्रणाली भने सहज रहेको र देशभर पर्याप्त मौज्दात रहेको जानकारी दिँदै उपभोक्तालाई इन्धनको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ ।

 

भारत सरकारले समेत व्यावसायिक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ । हर्मुज नाका बन्द हुनुका साथै खाडी क्षेत्रका तेल प्रशोधन केन्द्रहरूमा भएको आक्रमणले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढाएको छ, जसको असर भारतसहित विश्वभर परेको छ ।
दिल्लीमा १९ केजी क्षमताको व्यावसायिक एलपीजी सिलिन्डरको मूल्य १९५.५० भारुले बढेर २,०७८ भारु पुगेको छ । त्यस्तै, ५ केजी एफटीएल सिलिन्डर ५१ भारुले महँगिएर ५४९ भारु कायम भएको छ । कोलकातामा पनि १९ केजी सिलिन्डरको मूल्य २१८ भारुले वृद्धि भएको छ । तर, घरेलु प्रयोजनका लागि प्रयोग हुने १४.२ केजी एलपीजी सिलिन्डरको मूल्य भने यथावत् ९१३ भारु कायम राखिएको छ ।

 

यसैबीच, हवाई इन्धन (एटीएफ) को मूल्य पनि वृद्धि गरिएको छ । दिल्लीमा यसको मूल्य २,०७,३४१.२२ भारु प्रतिकिलो लिटर पुगेको छ भने अन्य महानगरहरूमा पनि उल्लेख्य वृद्धि देखिएको छ । अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने एटीएफको मूल्य पनि दोब्बरभन्दा बढीले बढेको छ । सरकारले भने देशभर इन्धन आपूर्ति सहज रहेको र पर्याप्त भण्डारण उपलब्ध रहेको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी:एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा दर्ता

काठमाडौँ, १९ असार । वैदेशिक रोजगारीका नाममा सोझासाझा श्रमिकलाई ठग्ने र कानुन उल्लंघन गर्नेहरू माथि सरकारले आफ्नो निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। वैदेशिक रोजगार

एआई फर गुड ग्लोबल समिटमा भाग लिने नेपाली विद्यार्थी टोलीद्वारा सञ्चारमन्त्रीसँग भेट

काठमाडौँ, १९ असार : संयुक्त राष्ट्रसंघीय एजेन्सी अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) ले यहि जुलाई ७ देखि १० सम्म स्वीट्जरल्याण्डमा आयोजना गर्न लागेको ‘एआई फर गुड

खोला किनारका बासिन्दाको दुःख केही समयका लागि मात्रै होः लामिछाने

काठमाडौं,१९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले खोला किनारमा बसोबास गर्ने नागरिकको व्यवस्थापनका क्रममा केही असहजता भए पनि दीर्घकालीन रूपमा यसको सकारात्मक

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने धवलशम्शेरको चेतावनी

काठमाडौं,१९ असार । नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिनु भएको छ। शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै

निजामती कर्मचारी अस्पतालको नयाँ सेवा इकाई मन्त्रालयमै सुरु

काठमाडौं,१९ असार । निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ । आज शुक्रबारदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाई

दोषीको सम्पत्ति रोक्का देखि विदेश यात्रामा प्रतिबन्धसम्म

काठमाडौं,१९ असार । सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन सरकारले विधेयकमार्फत नयाँ प्रक्रिया अगाडि बढाएको छ । सरकारले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३