हेटौंडामा सवारी दुर्घटनामा परी एक किशोरीको मृत्यु

हेटौंडा,१८ चैत। मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित गुम्बाचोकमा आज बुधबार बिहान भएको सवारी दुर्घटनामा परी एक किशोरीको मृत्यु भएको छ ।

 

हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको र विपरीत दिशाबाट आउँदै गरेको दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाई अनियन्त्रित हुँदा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।
आज बिहान ११ः२५ बजेको समयमा हेटौंडाबाट जाँदै गरेको प्र.३–०२–००७ प ७६८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ना ४४ प ९३५४ नम्बरको मोटरसाइकल पूर्व–पश्चिम सडकखण्डमा एकापसमा ठक्कर खाएका थिए ।
ठक्कर लगत्तै ७६८३ नम्बरको मोटरसाइकलको पछाडि सवार हेटौंडा–९ की १८ वर्षीया एकता बैद्य अनियन्त्रित भई सोही दिशामा सिमेन्ट लोड गरेर वीरगञ्ज जाँदै गरेको ना ६ ख ३१४५ नम्बरको ट्रकमा ठोक्किन पुगेकि थिइन्।

 

ट्रकमा ठोक्किएर टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेकी बैद्यलाई तत्काल उपचारका लागि हेटौडा अस्पताल लगिएको थियो ।
अस्पताल पु¥याइएको केही समयपछि दिउँसो १२ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा परी ७६८३ नम्बरको मोटरसाइकलका चालक हेटौडा–४ बस्ने १९ वर्षीय रोनिक कार्की सामान्य घाइते भएका छन् भने अर्को मोटरसाइकलका चालक चितवनको इच्छाकामना–५ का २१ वर्षीय पुष्पालाल गुरुङ मध्यम घाइते भएका छन् ।घाइते दुवैको हेटौडा अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रहरीले दुर्घटनामा संलग्न तीनवटै सवारी साधन र ट्रक चालक बाँके कोहलपुरका ३३ वर्षीय बद्रि गडरीयालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ

 

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने