जनतासँग गरेका प्रतिबद्धताहरू सबै पूरा गर्छौँ:सभापति लामिछाने

रौतहट,१८ चैत ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले निर्वाचनका क्रममा जनतासामु गरिएका वाचाहरू वर्तमान सरकारले पूरा गर्ने बताउनु भएको छ का छन्। बुधबार बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले चुनावका बेला सार्वजनिक गरिएको वाचा–पत्रअनुसार नै सरकार अघि बढ्ने दाबी गर्नु भएको छ।

‘हामी जनतालाई दिएको वाचा बोकेर नै सरकारमा गएका हौँ, ती सबै प्रतिबद्धताहरू पूरा गर्छौँ,’ लामिछानेले भन्नु भयो ।
सिमरा हुँदै वीरगन्ज आइपुगेका लामिछानेले बुधबारै पर्सा जिल्ला अदालतमा उपस्थित भई तारेख बुझेका छन्। उहाँ विरुद्ध पर्सामा दर्ता भएको सानो पाइला सहकारी ठगी प्रकरणसँग सम्बन्धित मुद्दामा तारेख बुझ्न उहाँ अदालत पुग्नु भएको थियो ।
अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार लामिछानेले आवश्यक कानुनी प्रक्रिया पूरा गरी तारेख बुझेका छन्। अदालतमा उपस्थित भएर प्रक्रिया सकेलगत्तै उहाँ अपराह्न काठमाडौँ फर्किनु भएको छ।

लामिछानेको उपस्थितिलाई मध्यनजर गर्दै बुधबार बिहानैदेखि अदालत परिसरमा सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।