रौतहटमा असिना पानी र हावाहुरीका कारण बालीनाली नष्ट

नगरपालिकाद्धारा राहतका लागि पहल सुरु

रौतहट,१९ चैत । असिना पानी र हावाहुरीका कारण रौतहटको बौधीमाई नगरपालिकामा हिउँदे बालीमा व्यापक क्षति पुगेपछि नगरपालिकाले राहतका लागि पहल सुरु गरेको छ । बेमौसमी प्राकृतिक विपत्तिले किसानको बालीमा क्षति पुगेपछि नगर प्रमुख प्रदीप यादवको नेतृत्वमा टोलीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

 

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिनेश सागर भुसाललाई बुझाइएको ज्ञापनपत्रमा यस घटनालाई गम्भीर प्राकृतिक विपत्तिको रूपमा लिँदै संघीय र प्रदेश सरकारसँग तत्काल राहत तथा उचित क्षतिपूर्तिको माग गरिएको छ ।

 

ज्ञापनपत्र वाचन गर्दै नगर प्रमुख यादवले नगरपालिकाका सबै वडाहरूमा लगाइएको गहुँ, मकै, तोरी, मुसुरो, तरकारीका साथै आँप, केरा र लिची जस्ता फलफूल खेतीमा ठुलो नोक्सानी भएको जानकारी दिनु भयो । ‘यस विपत्तिले किसानको जीविकोपार्जनमा प्रत्यक्ष असर पारेको छ र खाद्य सुरक्षामा चुनौती थपेको छ,’ यादवले भन्नु भयो ।

 

नगरपालिकाले सरकारसँग क्षतिको यथार्थ विवरण संकलन गर्न, तत्काल राहत वितरण गर्न र दीर्घकालीन विपद् व्यवस्थापन योजना लागू गर्न जोडदार माग गरेको छ । साथै, पटक–पटक हुने यस्ता विपत्तिबाट किसानलाई जोगाउन ‘बाली बीमा’ कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा नगर प्रमुखले जोड दिनु भयो ।

 

ज्ञापनपत्र बुझाउने टोलीमा नगर उपप्रमुख प्रमिला देवी, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यहरू र पीडित किसानहरूको उपस्थिति थियो । चालु आर्थिक वर्षमा पटक–पटक विपत्ति भोगे पनि हालसम्म राहत नपाएको भन्दै किसानहरूले आक्रोश व्यक्त गरेका छन् ।

 

ज्ञापनपत्र बुझ्दै प्रजिअ दिनेश सागर भुसालले जिल्ला कृषि ज्ञान केन्द्रमार्फत क्षतिको यथार्थ विवरण संकलन गराउने प्रतिवद्धता जनाउनु भयो । उहाँले सो ज्ञापनपत्रलाई प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र मुख्यमन्त्रीको कार्यालयमा पठाउने आश्वासन समेत दिनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने