आज देशभर हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौं,१९ चैत । आज देशभर हनुमान जन्मजयन्ती मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन पर्ने यस पर्वमा हनुमान प्रति विशेष पूजाआराधना गर्ने परम्परा रहेको छ । आजको दिन हनुमानको पुजाआराधना गरेमा बल, बुद्धि र विद्या प्राप्त हुने तथा दुःख सङ्कटबाट मुक्ति मिल्ने विश्वास छ । यस अवसरमा राजधानीसहित देशभरका हनुमान मन्दिरहरूमा भक्तजनको भीड लाग्छ ।

विशेषगरी हनुमानढोका दरबार परिसरमा रहेको हनुमान मूर्ति, पशुपतिनाथ मन्दिर क्षेत्रभित्रको हनुमान मन्दिर तथा गोकर्णेश्वर नगरपालिकास्थित पञ्चमुखी हनुमानमा विशेष पूजाआराधना गरिन्छ ।
हनुमानढोका दरबारको नासलचोक नजिकै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने परम्पराअनुसार पुजारीले मात्र पूजा गर्ने चलन छ ।

यस अवसरमा आज बिहानैदेखि श्रद्धालुहरूले पवित्र नदीहरूमा स्नान गरी व्रत बस्ने, पूजा गर्दछन् । पर्वले धार्मिक आस्था मात्र नभई सामाजिक सद्भाव र एकताको सन्देशसमेत फैलाउने विश्वास गरिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने