ओली र लेखकलाई गलत ढङ्गले पक्राउ गरिएको एमालेको दाबी

काठमाडौं,१९ चैत । फागुन २१ को निर्वाचनपछि गठित नयाँ प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ ।
बैठकमा एमालेका सांसदहरूले उठेर विरोध जनाएका छन् । बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बसेर बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्नु भएको छ।
तर एमालेका सांसदहरूले अटेर गरेपछि सांसद गुरु बराललाई बोल्न समय दिनु भएको थियो । उहाँले संसदमा बोल्दै पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गलत ढङ्गले पक्राउ गरेको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘आज देशमा संविधानको बर्खिलाप गतिविधिहरु भइरहेका छन् । नेपालको संविधान भाग ३ को मौलिक हक र कर्तव्यसँग सम्बन्धित विषयको धारा १६ ले हरेक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हक छ । म सरकारको ध्यानाकर्षण गर्दछु की अहिले देशमा जति घटनाहरु घटिरहेका छन्, यो घटनाहरु संवैधानिक रुपबाट उचित छन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई फौजदारी कार्यविधि १८१ र ८२ लाई गलत ढंगले प्रयोग गरेर आज बन्दी बनाइएको छ । यो गम्भिर आपत्तिको विषय छ ।’

साथै उहाँले काठमाडौं लगायत विभिन्न ठाउँहरुमा शान्तिपूर्ण प्रर्दशन गर्दा सरकारले निर्मम दमन गरेको आरोप लगाउनु भयो । उहाँले भन्नु भयो, ‘यो विषयलाई लिएर देशव्यापी विरोध प्रदर्शन भइरहेको छ, काठमाडौं लगायत विभिन्न ठाउँहरुमा शान्तिपूर्ण प्रर्दशन गर्दा आज सरकारले निर्मम दमन गरेको छ । ’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने