हंसे दुंसे वनमा कसले काट्यो अनाधिकृत ढंगले रुख ?

नियम अनुसार उपभोक्ता समिती भएको वन क्षेत्रमा उपभोक्ता समितीले निर्णय गर्ने, सो निर्णय जिल्ला वन कार्यालयलाई जानकारी गराउने र तोकीएको रुख मात्रै कटान गर्न पाइन्छ ।

दमक, १९ चैत्र ।  दमक नगरपालिका वार्ड १, २ र ३ नम्वरका बासिन्दाको दुखको घडीमा शव दाह गर्न आवश्यक पर्ने दाउरा निशुल्क उपलब्ध गराइन्छ । तर यदी दमकको उत्तरी क्षेत्रमा शावदाह गर्यो भने मात्रै । दाउराको आपुर्तिकर्ता हंसे दुंसे सामुदायीक वनले यसरी अन्तिम सस्कार गर्नकालागी वनको सदस्य भएको परिवारलाई चार कुइन्टल दाउरा २ हजार ४ सय र गैर सदस्यलाई २ हजार ८ सय रुपैँयामा उपलब्ध गराउने गरेको छ ।

 

सदस्य वा गैरसदस्य जोसुकैकालागी सम्बन्धीत वार्डहरुले सो शुल्क नगरपालिका मार्फत भुक्तानी गरिदिन्छन् । अर्थात यस क्षेत्रका नागरिकलाई दाहसस्कार गर्न आवश्यक पर्ने दाउराको कुनै शुल्क तिर्न पर्दैन ।

 

तर गत चैत्र १५ गते दमक ३ निवासी केसरी माया बस्नेतको मृत्यू भयो । नियमले उहाँ दमक ३ बासिन्दा भएकोले उहाँको दाह सस्कार गर्न उहाँको परिवारले दाउरा किन्न भनेर कुनै शुल्क तिर्नु पर्दैन । तर उहाँको शवदाह गर्ने भन्दै हंम्से दुम्से सामुदायीक वनका दुईवटा हरिया रुख काटिएका छन् ।

 

यसरी वनको अनुमतिबिनानै काटिएका ती रुख कहाँ छन् र कसले लग्यो भन्ने कुरा अहिले सम्म खुल्न सकिरहेको छैन । वनको उपभोक्ता समितीका अध्यक्ष चन्द्र गुरागाईलाई यसबारेमा सोधीखोजी गर्दा रुख काट्ने र त्यो रुखको गोलीया कहाँ लगियो भन्ने समेत पत्ता लगाउन नसकिएको बताउनु भयो ।

‘यसबारेमा अनुसन्धान हुदै छ । कसले हो गैरकानुनी काम गरेकै छ । हामी पत्ता लगाएर कार्वाहिको दायरामा ल्याउने छौ । ’ अध्यक्ष गुरागाईले उज्यालो खवरसग प्रतिवद्धता गर्नुभयो ।

नियम अनुसार उपभोक्ता समिती भएको वन क्षेत्रमा उपभोक्ता समितीले निर्णय गर्ने, सो निर्णय जिल्ला वन कार्यालयलाई जानकारी गराउने र तोकीएको रुख मात्रै कटान गर्न पाइन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

अस्थायी चिहानमा शव १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा वस्ती

काठमाडौं , भदौ १४ । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने

नेपालीपन झल्किने डिजाइनमा हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’

काठमाडौं , भदौ १४ । दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही