निमित्त प्रमुख प्रशासकीय अधिकृत’ प्रणाली हटाउन सरकारको पाइला

काठमाडौं,१९ चैत । स्थानीय तहमा लामो समयदेखि कायम ‘निमित्त प्रमुख प्रशासकीय अधिकृत’ प्रणाली हटाउन सरकार अघि बढेको छ । प्रशासनिक सुधारको अभियान अन्तर्गत ७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत र अतिरिक्त समूहमा रहेका ७८ जना शाखा अधिकृतलाई गाउँपालिकाहरूमा पठाउँदै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो ।

स्थानीय तहहरूमा लामो समयदेखि निमित्तको भरमा प्रशासन सञ्चालन हुँदा निर्णय प्रक्रियामा ढिलाइ, जिम्मेवारीको अन्योल तथा सेवा प्रवाहमा कमजोरी देखिँदै आएको थियो। यही अवस्थालाई सुधार गर्न सरकारले ‘निमित्त अन्त्य’ अभियानलाई तीव्र बनाएको हो ।
मन्त्री प्रतिभा रावलले पदभार सम्हालेपछि स्थानीय तहको प्रशासनिक संरचना सुदृढ बनाउने कार्यलाई प्राथमिकता दिनु भएको छ । यसअघि नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाई उपसचिव खटाउने काम सुरु भइसकेको थियो भने अहिले सोही प्रक्रिया गाउँपालिकासम्म विस्तार गरिएको छ ।

मन्त्रालयका अनुसार अझै केही स्थानीय तहमा निमित्त प्रणाली कायम रहेकाले चरणबद्ध रूपमा सबै स्थानमा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाई ‘निमित्त शून्य’ अवस्था बनाउने योजना अघि सारिएको छ।

सरकारको विश्वास छ कि यस कदमले सेवा प्रवाहलाई थप प्रभावकारी, छरितो र जवाफदेही बनाउनेछ। स्थायी प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था भएपछि विकास निर्माणका काम, प्रशासनिक निर्णय र सेवा वितरणमा गति आउने अपेक्षा गरिएको छ।

सरुवाका लागि एउटै निकायमा लामो समयदेखि कार्यरत कर्मचारी, स्थानीय तहमा कार्य अनुभव नदेखिएका, घर ठेगाना मिल्ने तथा सेवा प्रवाह सुधारका लागि आवश्यक जनशक्ति व्यवस्थापनलाई आधार बनाइएको मन्त्रालयले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनर प्रधानमन्त्री शाहबीच छलफल

काठमाडौं,१ साउन । प्रधानमन्त्री बालेन शाहले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन नेपालका पदाधिकारीसँग जुत्ता उद्योगका समस्या र समाधानका उपायबारे छलफल गर्नु भएको छ। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

६० दिनभित्र सांसदको सम्पत्ति विवरण बुझाउन निर्देशन

काठमाडौं,१ साउन । जनप्रतिनिधिको सम्पत्तिमाथि निगरानी बढाउँदै संघीय संसद्का सांसदहरूलाई आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्तिको अद्यावधिक विवरण बुझाउन निर्देशन दिइएको छ। भ्रष्टाचार निवारण ऐन,

सूर्य कर्कट राशिमा प्रवेश, यस्तो छ धार्मिक तथा शास्त्रीय महत्त्व

काठमाडौं,१ साउन । हिन्दु धर्मावलम्वीहरुले साउने संक्रान्ति पर्व मनाइरहेका छन् । यस दिन सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले कर्कट संक्रान्ति पनि भनिन्छ ।

युवा ऐन संशोधन गर्न सुझाव

काठमाण्डौँ,१ साउन । युवा श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादव ज्यूको अध्यक्षतामा युवा ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा छलफल भएको छ। छलफलमा

प्रमुख जिल्ला अधिकारीसहितको टोलीद्वारा कोशी ब्यारेजको स्थलगत अनुगमन

धरान,१ साउन। सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ । यस क्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका