सागर लम्साल विवादमा महिला कलाकारहरूको मिश्रित प्रतिक्रिया

काठमाडौं,२१ चैत। नेपाली मनोरञ्जन क्षेत्रका चर्चित कलाकार सागर लम्साल (बले) माथि गम्भीर आरोप सार्वजनिक भएपछि सामाजिक सञ्जालमा कलाकारहरूले प्रतिक्रिया जनाइरहेका छन् ।
अमेरिका बस्ने एक युवतीले वर्षदिनअघि आफूलाई जबर्जस्ती करणी गरिएको दाबी गर्दै सामाजिक संजालमा आफ्ना भोगाइहरु सार्वजनिक गरेपछि कलाकारहरुको फरक फरक प्रतिक्रिया आउन थालेको हो ।
आरोप पुष्टि वा खण्डनको प्रक्रिया कानुनी रूपमा अगाडि बढ्न बाँकी रहेपनि, कलाकारहरूले भने समाजको संवेदनशीलता, पीडितप्रतिको व्यवहार र न्याय प्रणालीबारे आफ्ना धारणा राखेका छन् ।

 

अभिनेत्री रेखा थापाले महिलाको आवाज सुन्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाँले लेख्नु भएको छ्, ‘यदि हामी आफ्नी छोरी–बहिनीलाई माया गर्छौं भने, त्यसको सबैभन्दा राम्रो तरिका उनीहरूको कुरा सुन्नु हो । परम्परा र पूर्वाग्रहको चश्मा हटाएर हेर्ने हो भने, हरेक युवतीभित्र परिवर्तन ल्याउने शक्ति रहेको उहाँले संकेत गर्नु भएको छ।’
अभिनेत्री केकी अधिकारीले समाजको विडम्बनालाई औंल्याउँदै पीडितले नै शिर झुकाएर हिँड्नुपर्ने अवस्थामाथि प्रश्न उठाउनु भएको छ । उहाँले अपराधी डराउने र पीडित सुरक्षित हुने समाज निर्माण सम्भव छ कि छैन भन्ने प्रश्न आज झन् सान्दर्भिक बनेको बताउनु भएको छ। यस्तो विषयमा बोल्न साहस चाहिने भन्दै उहाँले पीडितलाई सम्मान र सुरक्षा दिन तथा दोषीलाई कानुनी कठघरामा ल्याउनुपर्ने धारणा व्यक्त गर्नु भएको छ।

 

उहाँले लेख्नु भएको छ, ‘हाम्रो समाजको विडम्बना नै यही हो कि यहाँ पीडितले शिर झुकाएर हिँड्नुपर्छ र अपराधी कतिपय अवस्थामा ‘हिरो’ बनेर घुमिरहेका हुन्छन् । एउटा यस्तो समाज जहाँ अपराधी डराओस्, पीडित होइन, के यो कल्पनामा मात्र सिमित छ कि हामी साच्चै निर्माण गर्न सक्छौं ? अनि सुन्नुस् त, यस्तो किसिमको कठोर समाजमा नि बोल्न ठुलो सहास चाहिन्छ ,अनि त्यो सहास बटुल्न समय लाग्छ।कम्तीमा यस्तो घटनामा अलिक संबेदनसिल बनेर सोचौं , लेखौँ। पीडितलाई सुरक्षा र सम्मान दिऔँ, अपराधीलाई सामाजिक बहिष्कार र कानुनी कठघरासम्म पुर्याऔँ ।’

 

यसैगरी अभिनेत्री रिचा शर्माले बलत्कार हो भनेर सावित हुन वा मान्न मात्र पनि पीडित महिला विभत्स तरिकाले मारिनै पर्ने हो र भन्दै प्रश्न गर्नु भएको छ।
उहाँले लेख्नु भएको छ, ‘भनेपाछि “बालत्कार हो’ भनेर सावित हुन (वा मान्न मात्र पनि), पीडित महिला विभत्स तरिकाले मारिनै पर्ने हो?’
त्यस्तै, अभिनेत्री आँचल शर्माले कवितात्मक शैलीमा आफ्नो प्रतिक्रिया दिँदै ‘राम्रो’ र ‘नराम्रो’ छुट्याउन समाजले देखिने आवरणभन्दा पर जानुपर्ने सन्देश दिनु भएको छ । बाहिरी व्यवहार, बोली, पहिरन र व्यक्तित्वले मात्रै मानिसको वास्तविक चरित्र नबताउने भन्दै उहाँले प्रश्न उठाउनु भएको छकतै नराम्रो कुरा राम्रोको भेषमा त आएको छैन ?

 

उहाँले लेख्नु भएको छ्, ‘राम्रो–नराम्रो कसरी छुट्याऊँ म यहाँ? मुकुट लगाएकाहरूलाई
कसरी चिनौं म यहाँ? राम्रो—किन र कसरी ? नराम्रो—किन र कसरी भनौं म यहाँ? मिलनसार, हाँस्ने, मिठो बोली—यी राम्रो हुन् कि नराम्रो ? रुखो बोली, नमिल्दो चालढाल, रिसाहा अवतार— यी राम्रो हुन् कि नराम्रो ? यी सबै देखिने चिज मात्र हुन् कि ? सफा कपडा, टल्केका जुत्ता, सँधै मगमगाउने शरीर—भित्र लुकाइएका त्यो कालो मसाणलाई बुझौं म कसरी ? आँखाले देखेको सत्य हो कि भ्रम मात्रै? कि यहाँ नराम्रो सँधै राम्रोको भेषमा आउँछ…?’
गायिका एलिना चौहानले छोटो तर स्पष्ट सन्देश दिँदै न्यायप्रतिको अपेक्षा व्यक्त गर्नु भएको छ । उहाँले नयाँ सरकार आयो अब कुनै अपराधी बच्ने छैन भन्दै लेख्नु भएको छ। ‘निर्दोष नफसोस्, अपराधी नबचोस्,’ भन्ने उहाँको भनाइले निष्पक्ष अनुसन्धान र न्यायिक प्रक्रियाको माग झल्काउँछ ।

यसैगरी प्रिज्मा खतिवडाको स्टाटसले पनि व्यापक ध्यान खिचेको छ, विशेषगरी किनभने यसअघि उहाँ र लम्सालबीच विवादसमेत चर्चामा आएको थियो ।

प्रिज्माले आफ्नो स्टाटसमार्फत समाजको सोचमाथि गम्भीर प्रश्न उठाउनु भएको छ। उहाँले लेख्नु भएको छ, ‘हामी सधैं सोध्छौं,‘किन ढिलो बोलिन ?’ तर कहिल्यै बुझ्न खोज्दैनौं— ‘बोल्न कति गाह्रो थियो’ हिम्मत गरेर आवाज उठाउनेलाई कमजोर बनाउने होइन, साथ दिने बनौँ।’ छोरी मान्छे बाहिर आएर आफू माथि भएको अपराधबारे बोल्दा, उल्टै उसकै चरित्र हत्या गर्न छोडौँ। पीडितलाई होइन, दोषीलाई प्रश्न गरौँ। न्याय मिलोस्, दोषीलाई कडा सजाय होस्।’
यो घटनाले फेरि एकपटक नेपाली समाजमा लैंगिक हिंसा, पीडितप्रतिको दृष्टिकोण र सार्वजनिक व्यक्तिहरूप्रति अन्धविश्वासजस्ता विषयहरूलाई बहसको केन्द्रमा ल्याएको छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने

बाल अधिकार परिषदमा मन्त्री बादीको आकस्मिक अनुगमन

काठमाडौं,१८ असार । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले राष्ट्रिय बाल अधिकार परिषद्मा छड्के अनुगमन गरी नौं बुँदे निर्देशन

दैलेखमा यात्रुबाहक माइक्रो बस कर्णाली नदीमा खस्यो, उद्धार कार्य जारी

दैलेख,१९ असार । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरामा एउटा यात्रुबाहक माइक्रो बस दुर्घटना भई कर्णाली नदीमा खसेको छ । सुर्खेतबाट कालिकोटतर्फ जाँदै

गोरखापत्रको महाप्रबन्धकमा रावल र सुरक्षण मुद्रणको निर्देशकमा ढुंगाना नियुक्त

काठमाडौं,१८ असार । गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त हुनु भएको छ् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले

सम्पत्ति शुद्धीकरण विभागलाई कानुनको दुरुपयोग नगर्न अर्थमन्त्रीको चेतावनी

काठमाडौं,१८ असार । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुन र संयन्त्रलाई राजनीतिक उद्देश्य पूरा गर्ने माध्यमका रूपमा प्रयोग गर्न नहुने बताउनु भएको छ ।

राष्ट्रिय विज्ञापन नीति स्वीकृत : डिजिटल विज्ञापनदेखि ‘डीपफेक’सम्म नियमन, भ्रामक विज्ञापनमा क्षतिपूर्ति

काठमाडौँ, १८ असार ।  विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने उद्देश्यसहित सरकारले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार