दुर्घटनामा ज्यान गुमाएको मृतकको परिवारद्धारा अझै क्षतिपूर्ति नपाएको गुनासो

सर्लाही,२२ चैत । चन्द्र नगर गाउँपालिका–२, बिर्ता टोलमा दुई महिनाअघि मोटरसाइकलको ठक्करबाट मृत्यु भएको एक महिलाका परिवारले अहिलेसम्म क्षतिपूर्ति रकम नपाएको गुनासो गरेका छन् ।

गत माघ १६ गते बिहान बिर्ताबाट बर्कुरवातर्फ गइरहेको बीआर ३० एपी ३०३७ नम्बरको भारतीय मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री स्थानीय ६५ वर्षीया शान्तिदेवी ठाकुर गम्भीर घाइते भएका थिए ।

ठाकुरलाई बयलवासमा सामान्य उपचारपश्चात् थप उपचारका लागि वीरगन्जस्थित न्युरो अस्पताल लगिएकोमा उपचारकै क्रममा सोही दिन बेलुकीपख मृत्यु भएको थियो । दुर्घटना भएको दुई महिना बढी भइसक्दा पनि कानुन बमोजिम पाउनुपर्ने क्षतिपूर्ति रकम पाउन नसकेको मृतक शान्तिदेवीका कान्छो छोरा सन्जित शर्माले गुनासो गर्नुभयो । मृतकको परिवारले आज पत्रकार सम्मेलन गरी क्षतिपूर्ति रकम नपाएको गुनासो व्यक्त गरेका हुन् ।

दुर्घटनापछि पक्राउ परेका मोटरसाइकल चालक चन्द्र नगर गाउँपालिका–३, बर्कुरवाका २० वर्षीय विशाल महतो सर्लाही जिल्ला अदालतको आदेश अनुसार एक लाख रुपियाँ धरौटी बुझाएर हिरासतमुक्त भइसकेका छन् । मृतकको परिवारले मोटरसाइकल चालकको सवारी चालक अनुमति पत्र नहुँदासमेत प्रहरीले सामान्य ढङ्गले मुद्दा अघि बढाएर उनलाई चाँडै हिरासतमुक्त गराउन सहयोग गरेको आरोप लगाएका छन् ।

प्रहरीले घटनास्थलमा उठाएको मुचुल्का र पछि अदालतमा मुद्दा पेस गर्दा विवरण नै बदेको दाबी गर्दै यस्तो कार्यमा संलग्न प्रहरीलाई कारबाही हुनुपर्ने मृतक शान्तिदेवीका छोरा सन्जितले पत्रकार सम्मेलनमार्फत माग गरे । प्रहरीले भने मृतकको परिवारले पाउने क्षतिपूर्ति रकमबापतको पाँच लाख रुपियाँ र क्रिया खर्चबापत प्राप्त गर्ने ५० हजार रुपियाँ जिल्ला प्रशासन कार्यालयमा गएर लिन सक्ने बताएको छ ।

इलाका प्रहरी कार्यालय केसर गन्जका प्रहरी निरीक्षक (इन्स्पेक्टर) नितेशकुमार सिंहले ३५ दिन हिरासतमा बसेपछि अदालतको आदेश अनुसार अदालतमा एक लाख धरौटी बुझाएर छुटेका चालकले जिल्ला प्रशासन कार्यालयमा समेत पाँच लाख ५० हजार रुपियाँ धरौटी राखेकाले सो रकम मृतकको परिवारले नै प्राप्त गर्ने बताउनु भयो ।

उहाँले मृतकको परिवारलाई क्षतिपूर्ति रकम लिन कसैको प्रभावमा परेर यताउता जानु भन्दा आवश्यक कागजात लिएर सोझै जिल्ला प्रशासन कार्यालयमा जान आग्रह गर्नुभएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने

बाल अधिकार परिषदमा मन्त्री बादीको आकस्मिक अनुगमन

काठमाडौं,१८ असार । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले राष्ट्रिय बाल अधिकार परिषद्मा छड्के अनुगमन गरी नौं बुँदे निर्देशन

दैलेखमा यात्रुबाहक माइक्रो बस कर्णाली नदीमा खस्यो, उद्धार कार्य जारी

दैलेख,१९ असार । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरामा एउटा यात्रुबाहक माइक्रो बस दुर्घटना भई कर्णाली नदीमा खसेको छ । सुर्खेतबाट कालिकोटतर्फ जाँदै

गोरखापत्रको महाप्रबन्धकमा रावल र सुरक्षण मुद्रणको निर्देशकमा ढुंगाना नियुक्त

काठमाडौं,१८ असार । गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त हुनु भएको छ् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले

सम्पत्ति शुद्धीकरण विभागलाई कानुनको दुरुपयोग नगर्न अर्थमन्त्रीको चेतावनी

काठमाडौं,१८ असार । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुन र संयन्त्रलाई राजनीतिक उद्देश्य पूरा गर्ने माध्यमका रूपमा प्रयोग गर्न नहुने बताउनु भएको छ ।

राष्ट्रिय विज्ञापन नीति स्वीकृत : डिजिटल विज्ञापनदेखि ‘डीपफेक’सम्म नियमन, भ्रामक विज्ञापनमा क्षतिपूर्ति

काठमाडौँ, १८ असार ।  विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने उद्देश्यसहित सरकारले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार