राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै,कम ब्याजदर कबोल गर्ने संस्थालाई पहिलो प्राथमिकता दिने

काठमाडौं ,२२ चैत । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अत्याधिक भएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरण मार्फत उक्त रकम संकलन गर्न लागेको हो ।

 

बैंक तथा वित्तीय संस्थाहरूमा पैसा थुप्रिने क्रम नरोकिएपछि राष्ट्र बैंकले ५६ दिनको अवधिका लागि यो निक्षेप संकलन गर्न लागेको हो । यस उपकरणको बोलकबोल आजै हुनेछ भने संकलन गरिएको रकमको साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ १७ गते गरिने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार यो निक्षेप संकलनका लागि ब्याजदर बोलकबोल मार्फत निर्धारण हुनेछ ।

 

यस प्रक्रियामा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप संकलनका लागि बैंकहरूले ब्याजदरमा बोलकबोल गर्नुपर्नेछ भने एउटै संस्थाले बहुब्याजदरमा पनि बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ । संकलन गरिएको रकम बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर कबोल गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखिने केन्द्रीय बैंकले स्पष्ट पारेको छ ।

 

बजारमा मुद्रा आपूर्ति र ब्याजदरलाई सन्तुलनमा राख्न राष्ट्र बैंकले समय–समयमा यस्ता उपकरणहरू प्रयोग गरी थुप्रिएको तरलता प्रशोचन गर्ने गर्दछ । पछिल्लो समय बैंकहरूमा निक्षेप बढ्ने तर कर्जा प्रवाह सुस्त हुने अवस्था आएपछि राष्ट्र बैंकले निरन्तर बजारबाट पैसा खिच्दै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

युवा ऐन संशोधन गर्न सुझाव

काठमाण्डौँ,१ साउन । युवा श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादव ज्यूको अध्यक्षतामा युवा ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा छलफल भएको छ। छलफलमा

कोशी ब्यारेजको स्थलगत अनुगमन

धरान,१ साउन। सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ । यस क्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका

हामी दह्रो, मजबुत विशाल वृक्ष हौँ : ओली

काठमाडौं,१ असार। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजमा झूटलाई सत्यका रूपमा पत्याउने प्रवृत्ति बढ्दै गएको टिप्पणी गर्नु भयो। शुक्रबार नयाँ वेबसाइट र मोबाइल

स्वदेशी जुत्ता–चप्पल उद्योगलाई सरकारले नीतिगत सहजीकरण गर्नेः प्रधानमन्त्री शाह

काठमाण्डौँ,१ साउन ।प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवद्र्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात प्रवद्र्धनका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता

ब्लु बस’ विवाद : महिला सुरक्षाको नाममा छुट्टै सेवा कि समानताको भावनाविपरीत कदम? सरकारमाथि उठ्यो प्रश्न

काठमान्डौं , १ असार । बालेन शाह नेतृत्वको सरकारले महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्ने भन्दै अघि सारेको निःशुल्क ‘ब्लु बस’ योजना सय दिन पुग्दा पनि

शिक्षा परामर्श क्षेत्रलाई नियन्त्रण कि संकुचन?

दमक,१ साउन । नेपाली समाजको एउटा पुरानो प्रवृत्ति छ— जबसम्म कुनै नीति वा निर्णयको प्रत्यक्ष असर आफ्नै जीवनमा पर्दैन, तबसम्म त्यसको गम्भीरता महसुस हुँदैन। “घैँटोमा