अण्डाको नयाँ मूल्य सार्वजनिक

काठमाडौं,२२ चैत । नेपाल लेयर्स कुखुरापालक संघले आइतबारदेखि लागू हुनेगरी अण्डाको नयाँ मूल्य सार्वजनिक गर्दै सबै प्रकारका अण्डामा प्रतिक्रेट १५ रुपैयाँ वृद्धि गरेको जनाएको छ । संघका अनुसार अब ठूलो अण्डा एक्स एलको मूल्यप्रति क्रेट ४७५ रुपैयाँ पुगेको छ । यसअघि ४६० रुपैयाँ रहेको थियो । त्यस्तै ठूलो अण्डा ४५० रुपैयाँ पुगेको छ । यसअघि यसको मूल्य ४३५ रुपैयाँ प्रतिक्रेट रहेको थियो र मिडियम अण्डा ४०० रुपैयाँ पुगेको छ । यसअघि यसको मूल्य ३८५ रुपैयाँ रहेको थियो ।

संघले अण्डा उत्पादक किसानहरूसँगको छलफल तथा कार्यसमिति बैठकको निर्णयअनुसार २०८२ साल चैत २२ गतेदेखि लागू हुनेगरी नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरिएको जानकारी दिएको छ । मूल्य निर्धारण गर्दा चितवनलाई आधार मानिएको संघले जनाएको छ । संघले देशभरका किसान तथा व्यवसायीलाई सोही मूल्य अनुसार बिक्री–वितरण गर्न अनुरोध गरेको छ । साथै, चितवनबाट अन्य जिल्लामा अण्डा ढुवानी गर्दा ढुवानी भाडा, कार्टुन तथा क्रेट खर्चबापत थप १४५ रुपैयाँ लाग्ने पनि सूचनामा उल्लेख गरिएको छ ।

अण्डाको मूल्य वृद्धि हुनुमा ढुवानी तथा प्याकेजिङ सामग्री महँगो हुनु प्रमुख कारण रहेको संघले जनाएको छ । यद्यपि, सामान्यतया गर्मी मौसममा उत्पादन घट्ने भएकाले पनि अण्डाको मूल्य बढ्ने प्रवृत्ति रहने गरेको छ । संघका सचिव मदन पोखरेलले बजार स्थिरता कायम राख्न र किसानको उत्पादन लागत सुरक्षित गर्न मूल्य समायोजन गरिएको बताएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रिय विज्ञापन नीति स्वीकृत : डिजिटल विज्ञापनदेखि ‘डीपफेक’सम्म नियमन, भ्रामक विज्ञापनमा क्षतिपूर्ति

काठमाडौँ, १८ असार ।  विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने उद्देश्यसहित सरकारले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

काठमान्डौ-असर १८ गते। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगममा अतिरिक्त काम (ओभरटाइम) गरेबापत दिइँदै आएको भत्ता कटौती गर्ने तयारी गर्नुभएको छ।

विधेयक हतारमा पारित गर्न खोजिएको भन्दै सांसद शर्माको असन्तुष्टि

काठमाडौं,१८ असार । नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई पर्याप्त छलफलविना हतारमा पारित गर्न नहुने

पासपोर्ट छपाइ र अख्तियार विवादबारे संसदमा गर्जिए कांग्रेस सांसद बुढा

काठमाडौं,१८ असार । नेपाली कांग्रेसका सांसद खड्क बहादुर बुढाले वर्तमान सरकारको सुशासन र संवैधानिक निकायहरूको स्वतन्त्रता माथि गम्भीर प्रश्न उठाउनु भएको छ । प्रतिनिधिसभाको बिहीबारको

प्रधानमन्त्री संसदप्रति उत्तरदायी नभएको एमाले सांसद खातुनको आरोप

काठमाडौं,१८ असार । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर देश र जनताका सवालमा स्पष्ट जवाफ दिन आग्रह गर्नु भएको छ्। बिहीबार

बैंगलोरमा तत्काल नेपाली नियोग स्थापना गर्न सांसद महरको माग

काठमाडौं,१८ असार । नेकपा एमालेका सांसद ऐन महरले भारतको बैंगलोरमा नेपाली महावाणिज्य दूतावास वा कूटनीतिक नियोग तत्काल स्थापना गर्न सरकारसँग माग गर्नु भएको छ। बिहीबार