सभामुखलाई प्रभावकारी बन्न सांसदहरुको सुझाव

काठमाडौं,२२ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले नेकपा एमालेका नेता राम बहादुर थापाको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकपछि संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले एमाले अध्यक्ष खड्गप्रसाद ओली (केपी)को पुरानो भनाइ सापट लिँदै नेपाली सेना जस्तो राष्ट्रभक्त संस्थामाथि गरिएको टिप्पणीलाई दुर्भाग्यपूर्ण बताउनु भएको छ।

 

उहाँले भूकम्प, कोरोना काललगायत विभिन्न विपद् र संकटमा नेपाली सेनाले राष्ट्रको खम्बाको रूपमा काम गर्दै आएको उल्लेख गर्दै त्यस्तो संस्थामाथि निकृष्ट आरोप लगाइनु उचित नभएको बताउनु भयो।

 

उहाँले भन्नु भयो, ‘एमालेका नेता खड्गप्रसाद ओलीले त्यतिवेला भन्नुहुन्थ्यो–मलाई गोरु नांगिदा आश्चर्य मान्दिन’ भनेर म त्यही भनाई सापट लिन चाहन्छु । मेरो चित दुखाई माननीय राम बहादुर थापाले कटाक्ष गर्नेक्रममा मदन भण्डारीको गौरवशाली विरासत बोकेको पार्टीको प्रतिनिधित्व गर्दै नेपाली सेना जस्तो पवित्र संस्थामाथि गलत सोच्ने ठिक हुँदैन । भुकम्पमा होस् या कोरोनाकालमा होस् चाहे जुनसुकै विपतमा या संकटमा राष्ट्रको खम्बा बनेर उभिएको नेपाली सेना जस्तो राष्ट्रभक्त संस्थामाथि जसरी निकृष्ट आरोप लगाउनुभयो यो असाध्यै दर्भाग्यपूर्ण छ ।’

 

यसैबीच, सांसद महाविर पुनले नवनियुक्त सभामुख डिपी अर्यालले संसद सञ्चालन प्रभावकारी बनाउन आफ्नै सोच र निर्णय क्षमतामा जोड दिनुपर्ने धारणा व्यक्त गर्नु भयो। त्यस्तै, सांसद बब्लु गुप्ताले नियम र कानुनअनुसार भइरहेका कामलाई समर्थन गर्नुपर्ने बताउनु भयो ।

 

सांसद शिशिर खनालले उपसभामुखको भूमिकामा रहँदा पार्टीलाई एकीकृत गर्न योगदान दिएको उल्लेख गर्दै डिपी अर्याललाई व्यवस्थापिकाको शीर्ष स्थानमा पुर्याउन योग्य पात्रका रूपमा प्रशंसा गर्नु भएको छ। साथै, उहाँले आगामी दिनमा संसदमा अझ प्रभावकारी भूमिका देख्न पाइने विश्वास व्यक्त गर्नु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रिय विज्ञापन नीति स्वीकृत : डिजिटल विज्ञापनदेखि ‘डीपफेक’सम्म नियमन, भ्रामक विज्ञापनमा क्षतिपूर्ति

काठमाडौँ, १८ असार ।  विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने उद्देश्यसहित सरकारले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

काठमान्डौ-असर १८ गते। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगममा अतिरिक्त काम (ओभरटाइम) गरेबापत दिइँदै आएको भत्ता कटौती गर्ने तयारी गर्नुभएको छ।

विधेयक हतारमा पारित गर्न खोजिएको भन्दै सांसद शर्माको असन्तुष्टि

काठमाडौं,१८ असार । नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई पर्याप्त छलफलविना हतारमा पारित गर्न नहुने

पासपोर्ट छपाइ र अख्तियार विवादबारे संसदमा गर्जिए कांग्रेस सांसद बुढा

काठमाडौं,१८ असार । नेपाली कांग्रेसका सांसद खड्क बहादुर बुढाले वर्तमान सरकारको सुशासन र संवैधानिक निकायहरूको स्वतन्त्रता माथि गम्भीर प्रश्न उठाउनु भएको छ । प्रतिनिधिसभाको बिहीबारको

प्रधानमन्त्री संसदप्रति उत्तरदायी नभएको एमाले सांसद खातुनको आरोप

काठमाडौं,१८ असार । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर देश र जनताका सवालमा स्पष्ट जवाफ दिन आग्रह गर्नु भएको छ्। बिहीबार

बैंगलोरमा तत्काल नेपाली नियोग स्थापना गर्न सांसद महरको माग

काठमाडौं,१८ असार । नेकपा एमालेका सांसद ऐन महरले भारतको बैंगलोरमा नेपाली महावाणिज्य दूतावास वा कूटनीतिक नियोग तत्काल स्थापना गर्न सरकारसँग माग गर्नु भएको छ। बिहीबार