लेबनानमा इजरायली हमला,१२ सयभन्दा बढी मानिसको गयो ज्यान

दक्षिण–पश्चिमी इरानमा खसालिएको एफ–१५ ई लडाकु विमानका दोस्रो चालक दलका सदस्यलाई पनि अमेरिकी विशेष बलले दुई दिन लामो नाटकीय खोजीपछि सफलतापूर्वक उद्धार गरेको द गार्जियनले जनाएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले यो अभियानलाई अमेरिकी इतिहासकै सबैभन्दा साहसिक खोज तथा उद्धार कार्यमध्ये एक भनेका छन् । ती सदस्य केही घाइते भए पनि उनको अवस्था खतरामुक्त रहेको ट्रम्पले जानकारी दिएका छन् । शुक्रबार यसअघि अर्का पाइलटको उद्धार गरिएको थियो ।

उद्धारका निम्ति अमेरिकाले दर्जनौँ अत्याधुनिक हतियारसहितका विमान, पेभ हक हेलिकोप्टर र सी–१३० हर्कुलिस हवाईजहाज परिचालन गरेको थियो । यो जोखिमपूर्ण अभियानका क्रममा कुनै पनि अमेरिकी सैनिकको मृत्यु नभएको र चोटपटक नलागेको जिकिर गरिएको छ ।

अवकाशप्राप्त ब्रिगेडियर जनरल ह्युस्टन क्यान्टवेलका अनुसार, सन् २००३ को इराक आक्रमणपछि दुस्मनको प्रहारबाट अमेरिकी लडाकु विमान खसालिएको यो पहिलो घटना थियो । इरानले उक्त विमानको अवशेष र ‘इजेक्सन’ सिटको तस्बिर सार्वजनिक गर्दै पाइलट समात्नेलाई पुरस्कारको घोषणा गरेको थियो ।

पाइलटको उद्धारपछि ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनले इरानलाई सम्झौता गर्न वा होर्मुज जलमार्ग खोल्न अब मात्र ४८ घण्टा बाँकी भएको बताएका छन् । यसलाई समयमै पालना नगरे इरानमाथि ‘नर्क’को वर्षा गराइदिने चेतावनी ट्रम्पले दोहो¥याएका छन् ।

यसैबीच, इजरायलले शनिबार राति तेहरानका हवाई रक्षा प्रणाली र मिसाइल भण्डारण केन्द्रमा ‘भीषण’ बमबारी गरेको छ ।

युद्ध सुरु भएयता इरानमा कम्तीमा १९ सयजनाको मृत्यु र २० हजारभन्दा बढी मानिस घाइते भएका छन् । लेबनानमा इजरायली हमलामा १२ सयभन्दा बढी मानिसको ज्यान गइसकेको रेडक्रसले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

युवा ऐन संशोधन गर्न सुझाव

काठमाण्डौँ,१ साउन । युवा श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादव ज्यूको अध्यक्षतामा युवा ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा छलफल भएको छ। छलफलमा

कोशी ब्यारेजको स्थलगत अनुगमन

धरान,१ साउन। सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ । यस क्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका

हामी दह्रो, मजबुत विशाल वृक्ष हौँ : ओली

काठमाडौं,१ असार। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजमा झूटलाई सत्यका रूपमा पत्याउने प्रवृत्ति बढ्दै गएको टिप्पणी गर्नु भयो। शुक्रबार नयाँ वेबसाइट र मोबाइल

स्वदेशी जुत्ता–चप्पल उद्योगलाई सरकारले नीतिगत सहजीकरण गर्नेः प्रधानमन्त्री शाह

काठमाण्डौँ,१ साउन ।प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवद्र्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात प्रवद्र्धनका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता

ब्लु बस’ विवाद : महिला सुरक्षाको नाममा छुट्टै सेवा कि समानताको भावनाविपरीत कदम? सरकारमाथि उठ्यो प्रश्न

काठमान्डौं , १ असार । बालेन शाह नेतृत्वको सरकारले महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्ने भन्दै अघि सारेको निःशुल्क ‘ब्लु बस’ योजना सय दिन पुग्दा पनि

शिक्षा परामर्श क्षेत्रलाई नियन्त्रण कि संकुचन?

दमक,१ साउन । नेपाली समाजको एउटा पुरानो प्रवृत्ति छ— जबसम्म कुनै नीति वा निर्णयको प्रत्यक्ष असर आफ्नै जीवनमा पर्दैन, तबसम्म त्यसको गम्भीरता महसुस हुँदैन। “घैँटोमा