शिक्षामा नगरकै उत्कृष्ट नतिजा निकाल्दै

दमकको लालिगुरास मोडल स्कुल प्रविधिमा अव्वल बन्दै

दमक,२३ चैत । विद्यालयको अवस्था कस्तो छ भनेर हर कोहीले सोध्यो भने दिने जवाफ विद्यालयले प्राप्त गरेको जिपिएको प्रतिशत हो । अनी कतिपयले त्यसैलाई आधार मानेर विद्यालयको स्थिती कस्तो रहेछ भन्नेबारेको धारणा पनि बनाउँछन् ।

तर दमक ३ मा रहेको लालिगुरास मोडल स्कुल जिपिएमा मात्रै विस्वास गर्दैन । यहाँ अध्ययन गर्ने विद्यार्थीहरु नैतिकवान बन्नु पर्यो, अनुशाषित मात्रै नभएर सभ्य र चरित्रवान बन्न पर्यो । पढाई मात्रै होईन अतिरिक्त कृयाकलपमा समेत अव्वल बन्नु पर्यो ।
यी सबै कुरालाई एकसाथ अघी बढाईरहेको छ लालिगुरास मोडल स्कुल दमक ३ ले ।

जहाँ विद्यार्थीको जिपिए सुधारमा समेत ध्यान दिएर नगरकै उत्कृष्ट नजिता पनि आइरहेको छ । आधारभूत तह कक्षा ८ मा ४ जिपिए ल्याएर नगरकै उत्कृष्ट विद्यालय भीत्र पर्न सफल समेत भएको थियो । यसै गरी नगरस्तरका विभिन्न सास्कृतीक प्रतियोगीतामा समेत कुनै न कुनै विधामा उत्कष्टता हाँसिल गरि पुरस्कार जीत्न फसल भएको छ ।
यसरी पढाईलाई सिकाईमा रुपान्तरण गर्दै विद्यार्थीलाई शैक्षिक तथा सिक्ने वातावरणमा यहाँ अध्ययन हुने गर्दछ र विद्यार्थीहरुपनि यस विद्यालयमा पढ्न पाउँदा निकै गौरवान्वीत महसुस गरीरहेका छन् ।

गाउँघरमै गुणस्तरीय सुविधा । अनुभवी शिक्षक र शिक्षीका । प्राविधि र प्राविधक रुपमा उत्कृष्ट शिक्षा । सिमित श्रोत साधनमा पनि परिणाम भने उत्कृष्ट । यस्तो विद्यालयमा आफ्ना छोराछोरी पढाउँन पाएकोमा अभिभावकहरुपनि दङ्ग हुनुहुन्छ । कम खर्चमा गुणस्तरीय शिक्षा आफ्ना छोराछोरीलाई प्रदान गर्न पाएको भन्दै विद्यालय प्रति अभिभावकहरुले आभार व्यक्त गरेका छन् ।

गाउँको आवश्यकता गुणस्तरीय शिक्षा । यसकालागी टाढा सम्म आफ्ना छोराछोरी पठाउनुपर्ने बाध्यता । यसैको अन्त्य गर्न दमकको ग्रामिण क्षेत्रमा पनि थोरै पैसामा राम्रो शिक्षा प्रदान गर्न सकिन्छ भन्ने सोच र खोज सहित स्थापना भएको हो लालिगुसार मोडल स्कुल । यो स्कुलमा अध्यापन गराउने शिक्षकहरु कक्षा कोठामा जाँदा केवल पुस्तक मात्रै लिएर जाँदैनन । विद्यार्थीहरुकालागी नयाँ आशा, उमङ्ग नयाँ जानकारी समेत लिएर जाने गर्दछन् । विद्यार्थीको रुचि र जीज्ञासालाई तथ्य परक रुपमा जवाफ दिदै पारिवारीक वातरणमा यहाँ पठन पाठन गराउने गरीन्छ ।

२०६४ सालमा स्थापना भएको यो विद्यालयले खासमा ठुलो उद्धेस्य र लक्ष्य लिएको छैन । गाउँमै गुणस्तरीय शिक्षा प्रदान गर्ने, गाउँका बालबालिका महगो शुल्क तिरेर गाउँभन्दा टाढा जाने दिनको अन्त्य गर्ने र गाउँमै पनि समयको माग अनुसार नयाँ सोच र खोजको शिक्षा दिन सकिन्छ भन्ने विस्वासका साथ यो विद्यालय खुलेको हो । यसलाई एउटा पढ्ने मात्रै नभएर सीप, सस्कार र नैतिकता सिकाउनुका साथै महसुस गराउने गरीको विद्यालय बनाउने सपना देखिएको छ ।

विद्यार्थीको संख्या धेरै हुदैमा त्यो विद्यालय गुणस्तर सावित हुन सक्दैन । त्योनै सबैको विस्वनीय विद्यालय रहेछ भन्ने नकहिलन सक्छ । तर जति विद्यार्थी छन् उनीहरुले सिकेको ज्ञान र त्यो ज्ञानले उनीहरुको जीवनमा पारेको प्रभाव सबैभन्दा मुल्यवान हो । र यहाँ अध्ययन गर्ने हरेक विद्यार्थीलाई त्यो कुराको अनुभुती गराउने लक्ष्य यस विद्यालयको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित क्षेत्रका नागरिकहरूमा झाडापखाला सुरु

बाढी प्रभावित क्षेत्रका नागरिकहरूमा झाडापखाला देखिन थालेको छ । प्रभावित क्षेत्रमा उपचारका लागि आएका नागरिकहरुमा झाडापखाला देखिन थालेको हो । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सकीय

चीन–नेपाल सीमाको जिरोङ सडक खुलाउने प्रयास जारी

काठमाडौं ,१५ भदौ। दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा रहेको जिरोङ सीमा नाका जोड्ने मुख्य सडक पुनः सञ्चालनमा ल्याउन उद्धारकर्मीहरूले प्राकृतिक अवरोधसँग जुधिरहेका छन्।बुधबार आएको भीषण

विपद् व्यवस्थापन प्रभावकारी नभएको कांग्रेसको आरोप

काठमाडौं ,१५ भदौ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले विपद् प्रभावित क्षेत्रमा राहत वितरण तथा उद्धार र व्यवस्थापनको काम प्रभावकारी हुन नसकेको भन्दै सरकारलाई थप

धनगढी उपमहानगरपालिकाद्वारा बाढी प्रभावितलाई ४१ लाख रुपैयाँ आर्थिक सहयोग

धनगढी ,१५ भदौ ।धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित भएकालाई ४१ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ। उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा

रसुवा बाढी प्रभावितका लागि कर्णालीका कांग्रेस–एमाले सांसदले ३ लाख ७५ हजार दिने निर्णय

सुर्खेत,१५ भदौ । रसुवाको बाढी प्रभावित क्षेत्रका लागि कर्णाली प्रदेश सभाका नेपाली कांग्रेस र नेकपा एमालेका सांसदले आर्थिक सहयोग गर्ने भएका छन्। दुवै दलको संसदीय

विनाशकारी बाढीको पीडा भारतसम्म , गण्डक नदीमा भेटिन थाले शव

रसुवा,१५ भदौ । पाँच दिनअघि रसुवामा आएको विनाशकारी बाढीको पीडा भारतसम्म पुगेको छ । भीषण बाढीले बगाएर बेपत्ता भएका मानिसमध्ये केही जनाको शव भारततर्फको गण्डक