कर संरचना सहज बनाउन र वित्तीय पहुँच विस्तार गर्न अटो व्यवसायीको जोड

काठमाडौं,२४ चैत । नेपाल अटो मोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले अटो मोबाइल तथा गतिशीलता क्षेत्रसँग सम्बन्धित नीतिगत सुझावहरू प्रस्तुत गरेको छ । नाइमाकी अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई आज अर्थमन्त्राय पुगेर भेटघाट गर्दै बधाई समेत दिएका छन् ।

 

भेटका क्रममा नाइमाले स्थिर, पूर्वानुमानयोग्य तथा सरोकारवालासँगको परामर्शमा आधारित नीतिगत वातावरण आवश्यक रहेको उल्लेख गर्दै यस क्षेत्रलाई विलासिता होइन, आवश्यक क्षेत्रका रूपमा मान्यता दिनुपर्नेमा जोड दिएको छ । साथै, कर संरचनालाई सहज र सन्तुलित बनाउने तथा ८०÷२० अनुपातमार्फत वित्तीय पहुँच सहज बनाउने आवश्यकता पनि औँल्याइएको छ ।

आर्थिक ऐनअनुसार भन्सार क्लियरन्स भइसकेपछि पनि अडिट तहमा फरक व्याख्याका आधारमा बेरुजु उठ्ने प्रवृत्तिले व्यावसायिक वातावरणमा अन्योल र अनिश्चितता सिर्जना गरेको उल्लेख गरिएको छ । विद्युतीय तथा हाइब्रिड सवारी साधनको स्पष्ट वर्गीकरण तथा सबै प्रविधिमा समान कर व्यवहार सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

 

नाइमाले भन्सार प्रक्रिया सहजीकरण, परीक्षण सुविधा, यातायात ऐनको पुनरावलोकन, डिजिटल एकीकरण, सडक सुरक्षा तथा प्रदूषण नियन्त्रणका विषयमा सुझाव दिएको छ ।

मन्त्री वाग्ले प्रस्तुत सुझावलाई अत्यन्त सान्दर्भिक रहेको बताउँदै, देशका आयातकर्ता तथा उत्पादनको तर्फबाट एकीकृत रूपमा यस्ता सुझाव प्रस्तुत गरेकोमा एसोसिएसनलाई धन्यवाद व्यक्त गरेका छन् । वाग्लेले नेपालको अटो मोबाइल क्षेत्रका आयातकर्ता तथा उत्पादकले देशको अर्थतन्त्रमा पु¥याउँदै आएको महत्त्वपूर्ण वित्तीय योगदान, रोजगारी सिर्जना तथा गतिशीलतामा खेलेको भूमिकाको सराहना गर्नु भयो।

 

उहाँले यस क्षेत्रबाट उठ्ने कर राजस्वको निश्चित अंश पुनः यही क्षेत्रको विकासमा लगानी गर्ने नीतिगत व्यवस्था गर्न सरकार सकारात्मक रहेको विश्वास व्यक्त गर्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भर्ना शुल्कमा अनियमितताबारे स्थानीय सरकार र गृहमन्त्रालयसँग संवाद गर्दै शिक्षा मन्त्रालय

काठमाडौँ, २० वैशाख । सरकारले विद्यालय क्षेत्रको सुधारका लागि सङ्घ र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने भएको छ । उक्त प्रयोजनका निम्ति शिक्षा, विज्ञान तथा

बालेन युगमा रामराज्य हुन्छ भन्नेहरु नै अहिले सरकारको पारा देखेर राम राम भन्न थालिसके : प्रभु साह

सिराहा, २० बैशाख । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार र यसका नेतृत्वले विधि मासेर बल र संविधान छलेर सेनाको बलमा

स्वार्थपूर्तिका लागि होइन, कानुनी अड्चन फुकाउन अध्यादेश

काठमाडौँ,२० वैशाख । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सरकारले जारी गरेको अध्यादेशबारे प्रष्टीकरण दिनु भएको छ। सरकारले ल्याएको अध्यादेशबारे विभिन्न टीकाटिप्पणी भएपछि

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको २७ लाखसहित दुई जना पक्राउ

मोरङ,२० वैशाख । स्रोत नखुलेको रु २६ लाख ९८ हजार सहित एक भारतीय नागरिक सहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   शनिबार

लागू औषध र जबरजस्ती करणीका मुद्दाको न्यायिक पद्धतिमा सुधारको पर्खाई

लागू औषध र जबरजस्ती करणी जस्ता मुद्दाहरूमा न्याय सम्पादन गर्दा राज्य केवल ‘सजायमुखी’ मात्र हुनु हुँदैन। फरेन्सिक जाँच जस्ता प्राविधिक पक्षलाई सुदृढ बनाई समयमै प्रतिवेदन आउने वातावरण बनाउनु पर्छ ताकि मुद्दाको चाङ कम होस् र वास्तविक पीडितले छिटो न्याय पाओस्।

हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट