इरानको पूर्वाधार ध्वस्त पार्ने ट्रम्पको चेतावनी

तेहरान– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नागरिक पूर्वाधार ध्वस्त पार्ने चेतावनीसहित दिएको कडा समयसीमा नजिकिँदै गर्दा पनि तेहरानले आफ्नो अडान नछाड्ने सङ्केत दिएको छ । होर्मुज जलडमरूमध्य खोल्न दबाब बढ्दै जाँदा इरानले त्यसलाई बेवास्ता गर्दै सैन्य कारबाही जारी राख्ने जनाएको छ ।

इरानी सेनाले ट्रम्पको अभिव्यक्तिलाई ‘अहंकारी र आधारहीन धम्की’ भन्दै अस्वीकार गरेको छ । उनीहरूले पाँच हप्ताभन्दा बढी समयदेखि अमेरिका र इजरायलविरुद्ध जारी सैन्य कारबाहीमा कुनै कमी नआउने स्पष्ट पारेका छन् ।
ट्रम्पले मङ्गलबार मध्यरातसम्म इरानले रणनीतिक जलमार्गमा स्वतन्त्र आवागमन सुनिश्चित नगरे देशको महत्त्वपूर्ण पूर्वाधार ‘पूर्ण रूपमा ध्वस्त’ पारिने चेतावनी दिएका थिए । उनले इरानका पुल र विद्युत् केन्द्रहरू चार घण्टाभित्र नष्ट गर्न सकिने दाबीसमेत गरे ।

यस चेतावनीको जवाफमा इरानी सेनाको खताम अल–अन्बिया केन्द्रीय कमान्डले ट्रम्पलाई ‘भ्रमपूर्ण’ भन्दै अमेरिका र इजरायलविरुद्धको अभियान जारी रहने बताएको छ । उनीहरूले यसलाई ‘इस्लामका योद्धाहरूको दमन अभियान’ को निरन्तरता भएको उल्लेख गरेका छन् ।यसैबीच, इजरायलले तेहरानसहित विभिन्न क्षेत्रमा इरानी ‘सैन्य पूर्वाधार’ लक्षित गर्दै नयाँ हवाई आक्रमणको लहर सुरु गरेको जनाएको छ । इरानी सञ्चारमाध्यमहरूका अनुसार तेहरान र नजिकको कराज क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन् ।

इजरायली सेनाले इरानबाट आफ्नो क्षेत्रतर्फ प्रहार गरिएका क्षेप्यास्त्रहरूलाई हवाई सुरक्षा प्रणालीमार्फत अवरोध गर्ने प्रयास भइरहेको जनाएको छ ।

खाडी क्षेत्रभरि तनाव चुलिँदै जाँदा बहराइनमा हवाई आक्रमणको साइरन बजाइएको छ भने संयुक्त अरब इमिरेट्सले मिसाइल र ड्रोनलाई रोक्न सक्रिय रहेको जनाएको छ ।

साउदी अरबले पनि आफ्नो पूर्वी क्षेत्रमा प्रक्षेपण गरिएका सातवटा ब्यालेस्टिक मिसाइलहरू अवरोध गरी नष्ट गरेको दाबी गरेको छ, जसका भग्नावशेष ऊर्जा संरचनानजिक खसेको बताइएको छ ।

कूटनीतिक प्रयासतर्फ, प्रस्तावित ४५ दिने युद्धविराम अझै टुङ्गोमा पुगेको छैन । पाकिस्तान, इजिप्ट र टर्कीको मध्यस्थतामा आएको प्रस्तावलाई सुरुमा सकारात्मक सङ्केत दिइए पनि पछि ट्रम्पले त्यसलाई पर्याप्त नभएको बताएका छन् । इरानले पनि युद्धविराम अस्वीकार गर्दै द्वन्द्वको ‘निश्चित अन्त्य’ आवश्यक रहेको जनाएको छ ।

अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सका अनुसार इरानले भविष्यका आक्रमण रोक्ने ग्यारेन्टी र दक्षिणी लेबनानमा आफ्नो सहयोगी हिजबुल्लाहमाथि हुने आक्रमण अन्त्य गर्न माग राखेको छ ।

प्रस्तावअनुसार इरानले होर्मुज जलडमरूमध्य पुनः खोल्दै प्रत्येक जहाजबाट करिब २० लाख डलर शुल्क लिने र त्यसलाई ओमानसँग बाँड्ने योजना रहेको बताइएको छ ।

यसै सन्दर्भमा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले होर्मुज क्षेत्रमा उत्पन्न सङ्कटबारे प्रस्तावमाथि मतदान गर्ने तयारी गरेको छ । प्रारम्भिक मस्यौदामा बल प्रयोगको अनुमति दिने प्रावधान भए पनि स्थायी सदस्य राष्ट्रहरूको आपत्तिपछि त्यसलाई कमजोर बनाइएको स्रोतहरूले बताएका छन् ।

फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वपछि इरानले उक्त जलमार्ग प्रभावकारी रूपमा अवरुद्ध गर्दै आएको छ, जसका कारण विश्वव्यापी तेल तथा ग्यास आपूर्ति प्रभावित भएको छ । विश्वको करिब पाँचौँ भाग तेल आपूर्ति यही मार्गबाट हुने भएकाले यसको प्रभाव विश्व बजारमा प्रत्यक्ष देखिएको छ ।

यसबीच, इरानले अमेरिकी धम्कीलाई ‘राज्य आतङ्कवाद’ को संज्ञा दिँदै त्यसले युद्ध अपराध र मानवीय सङ्कट निम्त्याउने चेतावनी दिएको छ । इरानी रिभोलुसनरी गाड्र्सले हालैको आक्रमणमा आफ्ना गुप्तचर प्रमुख माजिद खादेमिको मृत्यु भएको पुष्टि गर्दै ‘कडा प्रतिकार’ गर्ने जनाएको छ ।

इजरायलले भने कुद्स फोर्सका वरिष्ठ कमान्डर असगर बघेरी मारिएको दाबी गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलमाथि आक्रमण गर्ने जो कोहीलाई पनि जहाँसुकै पुगेर कारबाही गरिने चेतावनी दिएका छन् ।

यो अवस्थाले क्षेत्रीय द्वन्द्व थप चर्किने र विश्व ऊर्जा सुरक्षामा गम्भीर असर पर्ने सङ्केत देखिएको छ । रासस

प्रकाशित मिति ः २४ चैत्र २०८२, मंगलबार १ ः २८ बजे

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धार्मिक र सांस्कृतिक महत्वका साथ देशभर साउने सङ्क्रान्तिको रौनक

काठमाडौं,१ साउन । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति आज देशभर स्नान, दान, पूजा–आराधना तथा लुतो फाल्ने परम्परासहित मनाइँदैछ । साउने

नयाँ करार नियुक्तिमा रोक, ’पुल’मा रहेका कर्मचारीबाटै व्यवस्थापन गरिने

काठमान्डौं ,१ साउन। सरकारले अब रिक्त वा नयाँ स्थापना भएका सरकारी निकायहरूमा नयाँ व्यक्तिलाई करार सेवामा नियुक्त नगर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन

दमकमा पूँजिगत भन्दा चालु खर्च धेरै, खर्चको विवरणले यस्तो देखायो दमकको चित्र

दमक,१ साउन । दमक नगरपालिकाको आर्थिक वर्ष २०८२÷८३ को खर्च विवरणले विकास निर्माणभन्दा प्रशासनिक तथा चालु खर्चले प्राथमिकता पाएको देखिएको छ । तथ्यांकअनुसार नगरपालिकाले पूँजीगत

दमक नगरपालिकाको सेवा प्रवाहबारे नागरिकको प्रतिकृया कस्तो ? यी कुरामा सुधार गर्नु पर्ने देखियो नागरिक रिपोर्ट

दमक, १ साउन ।स्थानीय सरकारप्रति नागरिकको विश्वास बढ्दै गएको संकेत दमक नगरपालिकामा गरिएको नागरिक प्रतिवेदन (सिटिजन रिपोर्ट कार्ड) ले देखाएको छ। नगरपालिकाबाट सेवा लिने अधिकांश

मिटरब्याज पीडित र सरकारबीच आजै लिखित सम्झौताको तयारी, सिंहदरबारमा निर्णायक वार्ता जारी

काठमाडौँ, १ साउन । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी तीव्र पारिएको छ। यसअघि दुवै पक्षबीच

देशका तीन राजमार्ग अझै पूर्णरुपमा अवरुद्ध

काठमाडौं,१ साउन । लगातारको वर्षापछि आएको पहिरो र प्रतिकूल मौसमका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान करिब ७ बजेसम्मको विवरण