मन्त्रिपरिषद्को आकस्मिक बैठकका निर्णयहरु के के हुन्?

काठमाडौं,२४ चैत । मंगलबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैंकबाट विनियोजन हुने ८५ मिलियन अमेरिकी डलर बराबरको ऋण स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकको निर्णय सुनाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावले अन्य निर्णयहरू पनि सार्वजनिक गर्नु भएको छ।

 

बैठकले जलस्रोत तथा उर्जा अनुसन्धान केन्द्र ललितपुर महानगरपालिका वडा नं ३ पुलचोकबाट गोदावरी नगरपालिका ३ मा स्थानान्तरण गर्ने निर्णय, भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सरकारी व्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरूको राजिनामा स्वीकृत गर्ने, र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत नागढुङ्गा सुरुङ मार्ग र पासाङ ल्हामु राजमार्गका निजी जग्गा अधिग्रहण स्वीकृत गर्ने निर्णय गरेको छ ।

 

वन तथा वातावरण मन्त्रालय अन्तर्गत काठमाडौं–मधेश द्रुतमार्ग निर्माणका लागि ४६.३९ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न अनुमति दिइएको र उक्त क्षेत्रमा रहेका १८९८ वटा पोल हटाउन स्वीकृत गरिएको छ ।

 

साथै, राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय भएको छ। अर्थ मन्त्रालय अन्तर्गत पेट्रोल, डिजेल र मट्टितेलमा भन्सार महसुल र पूर्वधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ ।

बैठकले पेट्रोलियम पदार्थको आपूर्ति असहजताका कारण जोर–बिजोर प्रणाली लागू गर्ने सम्भावना उल्लेख गर्दै, जनतालाई ‘वर्क फ्रम् होम’ अपनाउन र विद्युतीय साधनको प्रयोग बढाउन आग्रह गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भर्ना शुल्कमा अनियमितताबारे स्थानीय सरकार र गृहमन्त्रालयसँग संवाद गर्दै शिक्षा मन्त्रालय

काठमाडौँ, २० वैशाख । सरकारले विद्यालय क्षेत्रको सुधारका लागि सङ्घ र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने भएको छ । उक्त प्रयोजनका निम्ति शिक्षा, विज्ञान तथा

बालेन युगमा रामराज्य हुन्छ भन्नेहरु नै अहिले सरकारको पारा देखेर राम राम भन्न थालिसके : प्रभु साह

सिराहा, २० बैशाख । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार र यसका नेतृत्वले विधि मासेर बल र संविधान छलेर सेनाको बलमा

स्वार्थपूर्तिका लागि होइन, कानुनी अड्चन फुकाउन अध्यादेश

काठमाडौँ,२० वैशाख । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सरकारले जारी गरेको अध्यादेशबारे प्रष्टीकरण दिनु भएको छ। सरकारले ल्याएको अध्यादेशबारे विभिन्न टीकाटिप्पणी भएपछि

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको २७ लाखसहित दुई जना पक्राउ

मोरङ,२० वैशाख । स्रोत नखुलेको रु २६ लाख ९८ हजार सहित एक भारतीय नागरिक सहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   शनिबार

लागू औषध र जबरजस्ती करणीका मुद्दाको न्यायिक पद्धतिमा सुधारको पर्खाई

लागू औषध र जबरजस्ती करणी जस्ता मुद्दाहरूमा न्याय सम्पादन गर्दा राज्य केवल ‘सजायमुखी’ मात्र हुनु हुँदैन। फरेन्सिक जाँच जस्ता प्राविधिक पक्षलाई सुदृढ बनाई समयमै प्रतिवेदन आउने वातावरण बनाउनु पर्छ ताकि मुद्दाको चाङ कम होस् र वास्तविक पीडितले छिटो न्याय पाओस्।

हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट