नागढुंगा–मुग्लीन सडक ढिलाइबारे सरकारसँग कडा जवाफदेहिता माग

काठमाडौं,२४ चैत। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तमाङले नागढुंगा–मुग्लीन सडकखण्डको निर्माण ढिला र कम्जोर व्यवस्थापनप्रति ध्यानाकर्षण गराउँदै सरकारसँग जिम्मेवार निकायको जवाफदेहीता सुनिश्चित गर्न जोडदार माग गर्नु भएको छ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तमाङले सडक निर्माण समयमा नै सम्पन्न हुने स्पष्ट कार्ययोजना आवश्यक रहेको र कडा अनुगमनको व्यवस्था हुनुपर्ने बताउनु भएको छ। उहाँले ढिला–सुस्ति र समन्वयको अभावले जनताले दैनिक सास्ति भोग्नु परेको सुनाउनु भयो ।

उहाँले भन्नु भयो,‘पहिलो नागढुंगा–मुग्लीन सडकखण्ड राजनधानीसँग जोड्ने प्रमुख जीवनरेखा हुँदाहुँदै पनि निर्माण कार्य ढिला सुस्ति कम्जोर व्यवस्थापन र समन्वयको अभावका कारण जनताले दैनिक सास्ति भोग्दै आएका छन् । समयमा नै काम सम्पन्न गर्ने स्पष्ट कार्ययोजना ,कडा अनुगमन र जिम्मेवार निकायको जवाफदेहीता सुनिश्चित गर्न सरकारसँग जोडदार माग गर्दछु ।’

त्यसैगरी, त्रिसुली नदी लगायतका नदीजन्य उत्खनन अव्यवस्थित र अनियन्त्रित भइरहेकाले वातावरणीय सन्तुलन बिग्रँदै गएको र स्थानीय जनतामा प्रत्येक्ष असर परेको बताउनु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

लागू औषध र जबरजस्ती करणीका मुद्दाको न्यायिक पद्धतिमा सुधारको पर्खाई

लागू औषध र जबरजस्ती करणी जस्ता मुद्दाहरूमा न्याय सम्पादन गर्दा राज्य केवल ‘सजायमुखी’ मात्र हुनु हुँदैन। फरेन्सिक जाँच जस्ता प्राविधिक पक्षलाई सुदृढ बनाई समयमै प्रतिवेदन आउने वातावरण बनाउनु पर्छ ताकि मुद्दाको चाङ कम होस् र वास्तविक पीडितले छिटो न्याय पाओस्।

हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट

सल्यानमा प्रहरी कार्यालयकै जग खन्दा भेटियो ८६ वटा बम

सुर्खेत ,१९ वैशाख। सल्यानमा नयाँ भवनका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा द्वन्द्वकालीन बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच