जेनजी आन्दोलनमा गोली प्रहारबारे सांसद आकृतिको कडा प्रश्न

काठमाडौं,२४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद आकृति अवस्थीले हालैको जेनजी आन्दोलनसँग सम्बन्धित हिंसात्मक घटनाबारे गम्भीर प्रश्न उठाउनु भएको छ । आज प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै विद्यालय पोसाकमै कुशासन र भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रिएका युवामाथि टाउकोमा गोली प्रहार गर्ने कुन राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनले दिन्छ भन्दै प्रश्न गर्नु भएको छ ।

 

‘विद्यालय पोसाकमा कुशासन र भ्रष्टाचार विरुद्ध प्रदसनमा रहेका भाईबहिनीहरु माथि टाउकोमा ताकी ताकी गोली हान्नी हत्या गर्ने गर्ने कुन राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनले दिन्छ,’ भन्दै उहाँले प्रश्न गर्नु भएको छ। उहाँले नेपालको संविधान र विगतका जनआन्दोलनको स्मरण गर्दै ती आन्दोलन राज्यव्यवस्था परिवर्तनका लागि जनताद्वारा प्रेरित भएको उल्लेख गर्नु भएको छ ।

 

हालको जेनजी आन्दोलनलाई विदेशी प्रभाव वा बाह्य चलखेलसँग जोड्ने प्रयासप्रति उनले आपत्ति जनाउँदै त्यसको सत्यता स्पष्ट गर्न सरकारसँग माग गर्नु भयो। ‘नेपालको संविधान नेपालको विभिन्न काल खण्डमा जनताद्वारा भएका स्वतस्मृत जनआन्दोलनहरु राज्यव्यवस्था परिर्वतन प्रारीत थिए तर कुशासन र भ्रष्टाचार विरुद्ध भएको जेनजी आन्दोलन कसर एआइएलको रिदम र विदेशीको चलखेलले हुन सन्छ,’ उहाँले भन्नु भयो। उहाँले यो घटनाको प्रश्न मात्र नभई राज्यको जिम्मेवारी भएको बताउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कपडाको बाकसभित्र लुकाएको गहना विमानस्थलमा बरामद

काठमाडौं,१८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।

विनाशकारी भूकम्पपछि भेनेजुएलामा मानवीय संकट

काठमाडौं,१८ असार । शक्तिशाली भूकम्पपछि गम्भीर मानवीय संकट सामना गरिरहेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री तथा आर्थिक सहयोग वितरण प्रभावित भएको आरोप लागेको छ

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,