रोशी खोलाको निरीक्षणमा गृहमन्त्री

विपदमा द्रुत हेलिकप्टर उद्धार आवश्यक

काठमाडौं,२४ चैत । गृहमन्त्री सुधन गुरुङले काभ्रेपलाञ्चोकस्थित रोशी खोलाको स्थलगत निरीक्षण गर्दै विपद् व्यवस्थापनमा द्रुत उद्धार प्रणाली आवश्यक रहेको बताउनु भएको छ। मंगलबार गृहमन्त्री गुरुङ आफ्नो टोलीसहित बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न रोशी खोला पुग्नु भएको थियो। उहाँले बाढीबाट प्रभावित बस्ती तथा पूर्वाधारको वास्तविक स्थिति अवलोकन गर्नुका साथै उच्च जोखिममा रहेका क्षेत्रहरूको निरीक्षण गर्नु भएको थियो।

 

निरीक्षणका क्रममा उहाँले विपद्को प्रकृतिअनुसार उद्धार टोली परिचालन गर्नुपर्नेमा जोड दिनु भएको थियो।
उहाँले भन्नु भयो, ‘कस्तोखालको विपद् हो, त्यही अनुसारको टिम आवश्यक हुन्छ । वाटर रेस्क्यूका लागि गोताखोरको टोली, घाइते भए तुरुन्त उद्धार गर्ने टोली चाहिन्छ ।’

 

गुरुङले विगतमा विपद् व्यवस्थापनमा ढिलाइ हुने गरेको उल्लेख गर्दै अहिलेको रणनीति फरक भएको बताउनु भयो।
‘पहिला विपद् आउँदा खर्च बचाउने सोच बढी हुन्थ्यो । अहिले सुरुमै हेलिकप्टरमार्फत टोली पठाउने रणनीति अपनाएका छौं,’ उहाँले भन्नु भयो।
उहाँका अनुसार सडक अवरुद्ध हुँदा एम्बुलेन्स वा उद्धार टोली समयमै पुग्न नसक्ने भएकाले हेलिकप्टरमार्फत द्रुत परिचालन गर्ने योजना बनाइएको हो।

‘विपद् भएको जानकारी पाउनासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आवश्यक उद्धार टोली स्टानबाइ राखिन्छ र हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा झारेर तत्काल उद्धार कार्य सुरु गरिन्छ,’ उहाँले स्पष्ट पार्नु भयो।

निरीक्षणका क्रममा गृहमन्त्री गुरुङलाई कुनसाङ लामा र मिम बहादुर वाइबाले स्वागत गर्नु भएको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कपडाको बाकसभित्र लुकाएको गहना विमानस्थलमा बरामद

काठमाडौं,१८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।

विनाशकारी भूकम्पपछि भेनेजुएलामा मानवीय संकट

काठमाडौं,१८ असार । शक्तिशाली भूकम्पपछि गम्भीर मानवीय संकट सामना गरिरहेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री तथा आर्थिक सहयोग वितरण प्रभावित भएको आरोप लागेको छ

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,