जिल्ला प्रहरीद्वारा ६ हजार लिटर अवैध लोकल मदिरा नष्ट

हेटौँडा,२५ चैत । मकवानपुर जिल्लामा शान्ति सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले नेपाल प्रहरीले हेटौँडामा करीब ६ हजार लिटर लोकल मदिरा नष्ट गरेको छ । हेटौँडा प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियान ‘अपरेसन ड्रप’ले उक्त मदिरा नष्ट गरेको हो ।

 

जिल्ला प्रहरी कार्यालय मकवानपुरको नेतृत्वमा खटिएको संयुक्त प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका–१८स्थित शिवम् सिमेन्ट नजिक रहेको एक कारखानाबाट करिब ६ हजार लिटर अवैध लोकल मदिरा बरामद गरी नष्ट गरेको हो ।

 

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगर ठूलोदमार र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त टोलीले उक्त स्थानमा छापा मारेर चेकजाँच गरेको थियो । सो क्रममा उक्त क्षेत्रमा अवैध रूपमा लोकल मदिरा उत्पादन भइरहेको कारखाना फेला परेको हो । कारखानामा ठुलो परिमाणमा मदिरा उत्पादन गरी बिक्री वितरण गर्ने तयारी भइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० श्यामबहादुर खत्रीले बरामद गरिएको करिब ६ हजार लिटर मदिरा तत्कालै डिस्पोज ९नष्ट० गरिएको जानकारी दिए । उनका अनुसार उक्त मदिरा गुणस्तरहीन र मानव स्वास्थ्यका लागि हानिकारक हुन सक्ने भएकाले नष्ट गरिएको हो ।

 

साथै, सोही कारखानामा कार्यरत तीन जना कर्मचारीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए ।

 

एसपी खत्रीका अनुसार ‘अपरेसन ड्रप’ अन्तर्गत जिल्लाभरि अवैध गतिविधि, गुण्डागर्दी, ठगी, लागू औषध कारोबार तथा समाजमा अशान्ति फैलाउने कार्यहरूलाई नियन्त्रण गर्न कडा निगरानी बढाइएको छ । पछिल्लो समय प्रहरीले विभिन्न स्थानमा छापा मार्दै अवैध मदिरा उत्पादन, बिक्री वितरण तथा अन्य गैर कानुनी क्रियाकलापमा संलग्न व्यक्तिहरूमाथि कारबाहीलाई तीव्र बनाएको छ ।

 

स्थानीय स्तरमा लुकिछिपी सञ्चालन हुँदै आएका यस्ता अवैध उद्योगहरूले एकातर्फ राज्यलाई राजस्वमा नोक्सानी पु¥याउने मात्र होइन, अर्कोतर्फ सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पार्ने खतरा रहने प्रहरीको भनाइ छ । त्यसैले यस्ता गतिविधि नियन्त्रणका लागि प्रहरीले समुदायसँग सहकार्य गर्दै सूचनाको आदानप्रदानलाई समेत प्राथमिकता दिएको जनाएको छ ।

 

प्रहरीले नागरिकहरूलाई अवैध गतिविधिबारे जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सूचना दिन आग्रह गरेको छ। ‘अपरेसन ड्रप’ लाई अझ प्रभावकारी बनाउँदै आगामी दिनमा पनि यस्ता अवैध कार्यविरुद्ध कठोर कारबाही जारी रहने जिल्ला प्रहरी कार्यालय मकवानपुरले स्पष्ट पारेको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कपडाको बाकसभित्र लुकाएको गहना विमानस्थलमा बरामद

काठमाडौं,१८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।

विनाशकारी भूकम्पपछि भेनेजुएलामा मानवीय संकट

काठमाडौं,१८ असार । शक्तिशाली भूकम्पपछि गम्भीर मानवीय संकट सामना गरिरहेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री तथा आर्थिक सहयोग वितरण प्रभावित भएको आरोप लागेको छ

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,