कलमको स्मारीका स्कुलमा देखियो यस्तो दृष्य

विद्यार्थीको उत्प्रेरणा बन्दै सानै कक्षामा गरिने दिक्षान्त कार्यक्रम

दमक,२५ चैत। शीरमा कालो टोपी। शरिरि ढाकिने कालो र पहेलो मिश्रीत गाउन । साना कलिला बालबालिका । मन्द मुस्कान । अनी निकै बढि उत्साह । यो दृष्य हो झापाको कमल गाउँपालिका स्थित स्मारीका सामुदायीक बोर्डीङ स्कुलले यूकेजी सकेर अव कक्षा १ मा पुगेका विद्यार्थीलाई गरेको दिक्षान्त कार्यक्रमको । बाल शिक्षा बाट अव औपचारीक रुपमा विद्यालय तहको कक्षामा बढोत्तरी भएको भन्दै विद्यालयले विद्यार्थीको दिक्षीत गरेको हो ।

 

बाल शिक्षा यहाँ पूर्ण रुपमा मण्टेस्वरी बिधिबाट त सिकान्छ नै त्यो भन्दा बढि उनीहरुलाई सृजनशिल बनाइन्छ । सानै देखी उनीहरुलाई उमेर समय अनुसारको अनुशाषन सगै जिम्मेवारी पनि सिकाईन्छ । पुस्तक भन्दा बढि खेलाउनाहरु दिएर खेलाउँदै त्यहि खेल मार्फत उनीहरुलाई अधिकतम कुराहरु सिकाइने गरिएको यस स्कुलकी बाल कक्षा संयोजक सौगुना कोयू राईले जानकारी दिनुभयो ।

 

छोराछोरीमा चञ्चलता बढ्न थाल्छ । उनीहरु ग्याजेट भन्दा बढि खेल्न मन पराउँछन् । सानालाई माया गर्नुपर्छ । ठुलालाई आदार सहित सम्मान गर्नुपर्छ । आफुले सक्ने काम सकेसम्म आफै गर्नुपर्छ । जस्ता कुरा यहाँ अध्ययन गर्ने यी बलबालिकाहरुले दवावमा होईन । मनबाटै महसुस गरेर सिकिरहेका छन् । अभिभावक दिवस खतिवडाको अनुभूति छ ।

 

विद्यार्थी सृजनशील बन्नु पर्छ । मेरालागि म आफैले मिहनत गर्नु पर्छ । म गर्न सक्छु भन्ने भावनाको विकास उनीहरुमा गराउन सक्नु पर्छ । विद्यालयमा पाठ्य पुस्तक मात्रै पढाएर यी कुरा सम्भव नै छैन । त्यसैले अहिलेका आधुनी बालबालिका तथा विदार्थीलाई उनीहरुको चाहना र आवश्यकता अनुसारको शिक्षा, सस्कार, कर्तव्य अनी सीप समेत दिन सके मात्रै गुणस्तरीय शिक्षा बन्न सक्छ । र यही गुणस्तरीय शिक्षा प्रदान गर्न स्मारीका स्कुल अग्रसर भएर काम गरीरहेका यसका सस्थापक प्रिन्सिपल गुणराज गिरीले बताउनु भयो ।

 

विद्यार्थीलाई के सिकाउने ? कसरी सिकाउने ? के गर्दा र भन्दा उनीहरुको मनसपटलमा अटल झै भएर ती कुराहरु रहन सक्छन् ? यस्ता कुराहरु हरेक विद्यालयले सोच्नु पर्छ र खोज्नु पर्छ । यही अनुरुप कमल ५ पाँडाजुगीमा रहेको स्मारीका सामुदायीक अग्रेजी स्कुलले आफुले दिने शिक्षामा बेष्ट एण्ड क्लालिटि एजुकेशन दिने गरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कपडाको बाकसभित्र लुकाएको गहना विमानस्थलमा बरामद

काठमाडौं,१८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।

विनाशकारी भूकम्पपछि भेनेजुएलामा मानवीय संकट

काठमाडौं,१८ असार । शक्तिशाली भूकम्पपछि गम्भीर मानवीय संकट सामना गरिरहेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री तथा आर्थिक सहयोग वितरण प्रभावित भएको आरोप लागेको छ

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,