गार्मेन्ट निर्यातमा चुनौती र अवसर दुवै भएको सांसद पराजुलीको दाबी

काठमाडौं,२५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले एलडिसी (अल्पविकसित देश) बाट स्तरोन्नति पश्चात् नेपालको तयारी पोशाक (गार्मेन्ट) निर्यात क्षेत्रमा चुनौती र अवसर दुवै रहेको बताउनु भएको छ। मंगलबार नेपाल तयारी पोशाक उद्योग संघले आयोजना गरेको ‘एलडिसी ग्राजुएशनपछि तयारी पोशाकको निर्यात प्रवद्र्धनमा चुनौती, अवसर तथा अवलम्बन गर्नुपर्ने कार्यहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले संसदीय समिति गठन भएसँगै पहिलो छलफल निजी क्षेत्रका मुद्दामै केन्द्रित हुने जानकारी दिनु भएको छ।

 

उहाँले एलडिसी ग्राजुएशनसँग सम्बन्धित विषयमा निजी क्षेत्रबाट लिखित सुझाव दिन आग्रह गर्दै भन्नु भयो, ‘समिति गठन हुनेबित्तिकै पहिलो बैठकमै यस विषयमा छलफल गर्नेछौं। अर्थमन्त्री र परराष्ट्रमन्त्रीले पनि यसप्रति गम्भीर चासो देखाउनुभएको छ । सबै पक्षसँग समन्वय गरेर राज्यको तयारीबारे ठोस निर्णयमा पुग्नेछौं।’ सांसद पराजुलीले निर्यातसम्बन्धी तथ्यांकको गहन विश्लेषण आवश्यक रहेको उल्लेख गर्दै गत वर्षको कुल निर्यातमा विभिन्न वस्तु, विशेषगरी गार्मेन्ट क्षेत्रको योगदान र एलडिसी स्तरोन्नतिपछि पर्ने सम्भावित नकारात्मक प्रभावबारे अध्ययन गरेर मात्रै प्रभावकारी निर्णय लिन सकिने बताउनु भयो ।

 

उहाँले द्विपक्षीय व्यापार सम्झौताहरू (बाइल्याट्रल नेगोशिएसन एग्रिमेन्ट) मा नेपालले अझ सशक्त भूमिका खेल्नुपर्नेमा जोड दिनु भयो। ‘हाम्रो बस्तु निर्यातमा गर्त वर्ष झण्डै पौने ३ खर्वको निर्यातमा कति तेल, अरु बस्तु, ग्राभेन्टहरु निर्यात भयो र कति एलडिसी ग्राजुएशनपछि नकारात्मक प्रभाव पर्छ । तथ्यगत डाटा विश्लेषण गरेपछि अझ हामीले सहजरुपमा निर्णयहरु गर्न सक्छांै । बाइल्याट्रल नेगोशिएसन एग्रिमेन्टका पाटाहरुमा हामीले निकै शसक्त भूमिका खेल्नुपर्छ,’ उहाँले भन्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सञ्जाल नियमनबारे स्पष्ट बुझाउन नसक्नु सरकारको कमजोरी :केपी शर्मा

काठमान्डौ,५ असोज। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौमा भएको ‘जेनजी’ आन्दोलनअघि युवाको मनोविज्ञान बुझ्न नसक्नु र सामाजिक सञ्जाल नियमनबारे स्पष्ट रूपमा बुझाउन

सांसद अवस्थीको व्यंग्य : ‘दिल्ली सस्तो, सुदूरपश्चिम महँगो’

काठमाडौं,५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आकृति अवस्थीले नेपालका आन्तरिक उडानको हवाई भाडा अत्यधिक महँगो भएको भन्दै सरकार र एयरलाइन्स कम्पनीको ध्यानाकर्षण गराउनु

वन फँडानी र अतिक्रमण रोक्न सकिएला?

वन संरक्षणलाई चुनौतीका रूपमा स्वीकार गर्नुभएका अध्यक्ष दंगालले समस्या समाधानका लागि आफू अहोरात्र खटिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

गछियाका माउन्ट मकालुका विद्यार्थीले बनाए ‘क्युबस्‍याट’, अन्तरिक्ष प्रविधिप्रति देखाए उत्साह

सुन्दरहरैँचा (मोरङ), ५ असोज । मोरङको सुन्दरहरैँचा–३, गछियास्थित माउन्ट मकालु माध्यमिक विद्यालयका विद्यार्थीले अन्तरिक्ष प्रविधिमा आधारित ‘क्युबस्‍याट’ परियोजना निर्माण गरेका छन्। विद्यालयका विद्यार्थीहरूको टोली ‘टिम

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गरिने : शिक्षामन्त्री पोखरेल

काठमाडौं ,५ असोज। शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान गर्दै सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्दै लगिने बताउनु भएको छ