हिमाली नागरिकलाई राहत दिन सांसद रोकायाको माग

काठमाडौं,२५ चैत । नेपाली कांग्रेसका सांसद जयपति रोकायाले हुम्ला लगायत हिमाली क्षेत्रका विकट जिल्लाहरुमा कच्चि सडक भर्खरै पुगेकोले नागरिक हवाई यातायातमा निर्भर रहेको भन्दै हवाई भाडा नियन्त्रण गर्न माग गर्नु भएको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै हुम्लाका सांसद रोकायाले हवाई भाडा अत्यन्तै महगो हुँदा सर्वसाधारणको जिवन कष्टकर बनेको बताउनु भएको छ।

 

उहाँले भन्नु भयो, ‘मेरो क्षेत्र हुम्ला लगायत हिमाली क्षेत्रका नागरिकहरुले भोग्दै आएका गम्भिर समस्याहरु तर्फ सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । हुम्ला जस्तो विकट जिल्लामा डरलाग्दो कच्चि सडक भर्खर निर्माण भएकाले नागरिक हवाई यातायातमा निर्भर रहन बाध्य भएका छन् तर दर्भाग्यवस हवाई भाडा अत्यन्तै महगो हुँदा सर्वसाधारणको जिवन कष्टकर बनेको छ ।’

 

यस्तै उहाँले हाल हवाई भाडा १२ हजारदेखि १५ हजारसम्म पुगेको भन्दै यो समस्या केवल यातायातको मात्र नभई आर्थिक र सामाजिक समानतासँग पनि जोडिएको बताउनु भयो ।

 

‘हाल हवाई भाडा १२ हजारदेखि १५ हजारसम्म पुगेको छ जसले गर्दा धेरै नागरिक यात्रा गर्न समेत असमर्थ भएका छन् । यो समस्या केवल यातायातको मात्र नभई आर्थिक र सामाजिक समानतासँग पनि जोडिएको छ । म सरकारसँग हवाई इन्धनमा कर छुट आवश्यकता उडानमा अनुदान थप हवाई भाडा नियन्त्रण गनउ माग गर्दछु,’ उहाँले भन्नु भयो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कपडाको बाकसभित्र लुकाएको गहना विमानस्थलमा बरामद

काठमाडौं,१८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।

विनाशकारी भूकम्पपछि भेनेजुएलामा मानवीय संकट

काठमाडौं,१८ असार । शक्तिशाली भूकम्पपछि गम्भीर मानवीय संकट सामना गरिरहेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री तथा आर्थिक सहयोग वितरण प्रभावित भएको आरोप लागेको छ

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,