अर्जुनधारा आगलागी अपडेट : ६० लाखको क्षती भएको प्रारम्भिक रिपोर्ट

बिर्तामोड,२५ चैत । झापाको अर्जुनधारा नगरपालिका–११ बुट्टाबारीमा रहेको सिरक गोदाममा आगलागी हुँदा करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

आज दिउँसो करिब १२ बजे नुर मोहम्मदको सिरक गोदाममा अचानक आगलागी भएको प्रहरीले जनाएको छ। आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय अनारमनीको टोली, चारआलीस्थित अरिदमन गणको नेपाली सेना, सशस्त्र प्रहरी बल, तथा बिर्तामोड, मेचीनगर, भद्रपुर, दमक, शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाका दमकलसहित स्थानीयबासी खटिएका थिए।

करीब २ बजेर २५ मिनेटमा आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगलागीबाट टिनको बार र छानो भएको गोदाम, रुवा बनाउने मेसिन तथा रुवाहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

 

घटनामा मानविय तथा चौपाया क्षति नभएको प्रहरीले जानकारी दिएको छ। उक्त गोदाम रौतहट घर भई बिर्तामोड–५ मा बसोबास गर्दै आएकी सलमा खातुनको नाममा रहेको र भाडामा लिइ बिर्तामोड कपास प्रशोधन उद्योग सञ्चालन हुँदै आएको बताइएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा