१० बुँदे सम्झौताको अक्षर सहित पालना गरियोस : जगदीश खरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद जगदीश खरेलले अहिलेको सरकारले जेनजी सम्झौता अक्षर सहित पालना गर्न आग्रह गर्नु भएको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा पहिलो चोटी सम्बोधन गर्दै उहाँले १० बुँदे सम्झौताको अक्षर सहित पालना नगरे स्वीकार्य नहुने बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘जुन जेनजी सम्झौता गरिएको छ १० बुँदे त्यो सम्झौताको अक्षर सहित पालना गरिओस् । शुसीला कार्की सरकार नेतृत्वले जेनजी आन्दोलनसँग गरेको सम्झौता यताउता भयो भनेदेखि स्वीकार्य हुने छैन ।’

साथै उहाँले संसदभित्र भइरहेको राजनीतिक परिवर्तनमाथि पनि धारणा व्यक्त गर्दै संसदभित्र अब पुराना पातहरु हट्दै गएको बताउनु भएको हो । उहाँले संसदमा नयाँ पालुवाहरु पलाउँदै गर्दा आज राजनीतिको परिभाषा परिवर्तन भएको बताउनु भयो ।

उनहाँले भन्नु भयो, ‘संसदभित्र अब पुराना पातहरु हट्दै गएका छन् । नयाँ पालुवाहरु पलाउँदै आएका छन् । बसन्तको बहार भएको देखिन्छ । आज यो बसन्तको बहार भैइराख्दाखेरि यी युवा अनुहार भनेको अब यी पालुवा पलाउने छन्, फूल्ने छन्, फल्ने छन् र जनतालाई त्यो फल चखाउने छन् भनेर विश्वास गर्न सकिन्छ । आज राजनीतिक पोलटिकल प्याराडाइम सिफ्ट भएको छ, आज राजनीतिको परिभाषा परिवर्तन भएको छ, नेतृत्वको परिभाषा परिवर्तन भएको छ ।’

साथै उहाँले राजनीतिको परिभाषा बदल्ने कोही नायक जन्मेको छ भने यो देशमा रवि लामिछाने मात्र जन्मेको बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘यो परिभाषा बदल्ने कोही नायक जन्मेको छ भने यो देशमा यतिखेर रवि लामिछाने जन्मेको छ । जसले राजनीतिको परिभाषा परिवर्तन गरेको छ, नेतृत्वको परिभाषा परिवर्तन गरेको छ, अब पोलिटिकल डिसकोर्ड त्यो बाटोमा अगाडि बढ्दैछ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मिटरब्याज पीडित र सरकारबीच आजै लिखित सम्झौताको तयारी, सिंहदरबारमा निर्णायक वार्ता जारी

काठमाडौँ, १ साउन । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी तीव्र पारिएको छ। यसअघि दुवै पक्षबीच

देशका तीन राजमार्ग अझै पूर्णरुपमा अवरुद्ध

काठमाडौं,१ साउन । लगातारको वर्षापछि आएको पहिरो र प्रतिकूल मौसमका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान करिब ७ बजेसम्मको विवरण

कोशीले कति खर्च गर्यो अघिल्लो बजेट ?

विराटनगर,१ साउन । नयाँ आर्थिक वर्ष २०८३–८४ सुरु भएसँगै कोशी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा ७० प्रतिशतभन्दा बढी बजेट खर्च गर्न सफल भएको जनाएको छ

पशुपतिनाथमा भक्तजनको घुइँचो

काठमाडौं,१ साउन । साउने संक्रान्तिको अवसरमा आज बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। शुक्रबार साउन महिनाको पहिलो दिन भगवान शिवको

थारू समुदायमा ५२३ थर, साझा मानक भाषा निर्माण अन्तिम चरणमा

काठमाडौं ,३२ असार । थारू आयोगले मुक्त कमैया–कमलरीलाई कानुनी रूपमा मुक्त घोषणा गरिए पनि उनीहरूको पुनःस्थापना, सुरक्षित बासस्थान, शिक्षा, रोजगारी तथा जीवनयापनको सुनिश्चितता हुन नसक्दा

देशभर ६१ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा सुस्त

काठमाडौं,३२ असार । चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका