अवरुद्ध पूर्व–पश्चिम राजमार्ग पाँच घण्टापछि सुचारु

रौतहट,२६ चैत । गए रातिको भारी वर्षासँगै आएको बाढीले सर्लाहीको हरिजनस्थित चापिनी खोलाको डाइभर्सन बगाउँदा अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग पुनः सञ्चालनमा आएको छ । बिहीबार बिहान साढे ३ बजेदेखि रोकिएको यातायात बिहान साढे ८ बजेपछि सुचारु भएको हो ।

 

पूर्व–पश्चिम राजमार्गलाई ६ लेनमा विस्तार गर्ने क्रममा हरिवनको तीन घरे र बासा टोलको बिचमा पर्ने चापिनी खोलामा नयाँ पुल निर्माण भइरहेको छ । पूरानो पुल मर्मत र नयाँ पुल निर्माणका लागि सवारी साधन आवतजावत गर्न वैकल्पिक बाटोका रूपमा डाइभर्सन बनाइएको थियो । तर, राति परेको मुसलधारे वर्षाका कारण खोलामा बहाव बढ्दा उक्त अस्थायी डाइभर्सन पूर्ण रूपमा बगाएपछि राजमार्ग ठप्प भएको थियो ।

 

डाइभर्सन बगेपछि सयौँको सङ्ख्यामा सवारी साधन र यात्रुहरू बिच बाटोमै अलपत्र परेका थिए । तत्कालको समस्या समाधानका लागि इलाका प्रहरी कार्यालय हरि वन र सडक विभागको समन्वयमा पुरानै पुलको बाँकी रहेको भागमा माटो भरेर गाडी गुड्न मिल्ने बनाइएको छ ।

 

इलाका प्रहरी कार्यालय हरि वनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीका अनुसार, अहिले सोही पुरानो पुलबाट एकतर्फी रूपमा सवारी साधनहरू सञ्चालनमा ल्याइएको छ । ‘लामो समय जाममा परेका गाडीलाई प्राथमिकताका साथ गन्तव्यतर्फ पठाउने काम भइरहेको छ,’ निरीक्षक अधिकारीले जानकारी दिनु भयो ।

 

पुलको अवस्था र सडक विस्तारको काम जारी रहेकाले उक्त खण्डमा सवारी चलाउँदा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । बाढीले सडक संरचनामा क्षति पु¥याइरहने जोखिम कायमै रहेकाले मौसमको अवस्था हेरेर यात्रा गर्न र सडकमा खटिएका सुरक्षाकर्मीको निर्देशन पालना गर्न यात्रु तथा चालकलाई सूचित गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता