उद्योग बाणिज्य महासंघमा शोभा ज्ञवालीको उम्मेदवारी

काठमाडौं, २६ चैत । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनमा उद्योगी शोभा ज्ञवालीले एसोसिएट प्यानलबाट कार्यकारी सदस्य पदका लागि उम्मेदवारी घोषणा गर्नु भएको छ । उहाँले उद्योग र निजी क्षेत्रलाई जोड्दै देशको आर्थिक विकासमा महासंघको भूमिकामा जोड दिनु भएको थियो ।

 

ज्ञवालीले महासंघलाई ‘देशको आर्थिक विकासका लागि दुई मुख्य स्तम्भ–नीति निर्माताहरू र निजी क्षेत्रको संयोजन गर्ने प्लेटफर्म’का रुपमा वर्णन गर्दै, निजी क्षेत्रको पूरानो संस्था भएको महासंघले देशको उद्यमशीलतालाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनु भएको हो । उहाँले ६० वर्षे इतिहास भएको महासंघलाई ‘लोकलबाट ग्लोबल बजारसम्म नेपाली उत्पादनलाई चिनाउने माध्यम’ बन्नुपर्ने बताउनु भयो ।
उद्योग वाणिज्य महासंघमा उम्मेदवारी दिने कारणको व्याख्या गर्दै ज्ञवालीले भन्नु भयो्, ‘यदि हामीले देशको अर्थतन्त्रलाई अगाडि बढाउन चाहन्छौं भने सबै उद्योगीहरुको आवाजलाई व्यवस्थित गरेर राज्यसँग समन्वय गर्न सकिन्छ । यसैले म एसोसिएट प्यानलबाट कार्यकारी सदस्य बन्न इच्छुक छु ।’
ज्ञवालीले आफ्नो प्यानलको संरचना पनि प्रस्तुत गर्नु भयो । उहाँले प्यानलमा वरिष्ठ उपाध्यक्ष हेमराज ढकाल र उपाध्यक्ष जोस्ना श्रेष्ठ रहेको जानकारी दिँदै आफ्नो उम्मेदवारी दोस्रो कार्यकालका लागि रहेको बताउनु भएको हो ।

उहाँ भन्नु हुन्छ्, ‘मैंले विगत १५ वर्षदेखि युवा र महिला उद्यमीहरुलाई आर्थिक सशक्तिकरणतर्फ अगाडि बढाउँदै आएको छु । विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शनीमा ‘मेड इन नेपाल’ उत्पादनको प्रवद्र्धन गर्दै मन्त्रालयसँग नीति समन्वय गर्दै आएको अनुभवले मलाई कार्यकारी सदस्यका रूपमा योग्य बनाउँछ ।’

ज्ञवालीले पर्यटन, कृषि, ह्यान्डिक्राफ्ट, टेक्सटाइल लगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै नेपाली उत्पादनको अन्तर्राष्ट्रिय मान्यता बढाउने योजनाबारे पनि चर्चा गर्नु भयो् । उहाँले भन्नु भयो्, ‘लोकल टु ग्लोबल अवधारणालाई प्रवद्र्धन गरी देशको रोजगार सिर्जना र स्वरोजÞगार प्रवद्र्धन गर्न सकिन्छ ।’
उहाँ सरकारसँग सहकार्यको पक्षमा हुनुहुन्छ र भन्नु हुन्छ्, ‘नयाँ सरकारको पहल सकारात्मक देखिन्छ । हामीले नीति र प्रोत्साहन ल्याएर उद्योगीहरुलाई सहयोग गर्ने वातावरण बनाउनु पर्छ ।’

उहाँले उद्योग वाणिज्य महासंघको प्लेटफर्मबाट साना, मझौला र युवा उद्यमीलाई प्रवद्र्धन गर्नुपर्ने बताउनु भएको हो् ।
ज्ञवालीले आफ्नो प्राथमिकता स्पष्ट पार्दै भन्निु भयो, ‘महत्त्वपूर्ण कुरा भनेको उद्योग वाणिज्य महासंघको प्लेटफर्मबाट साना, मझौला र युवा उद्यमीलाई प्रवद्र्धन गर्नु हो । हरेक क्षेत्रको आवश्यकता अनुसार नीति ल्याउनु पर्दछ । यसमा स्थानीय, प्रदेश र संघीय तहलाई ध्यानमा राख्नु आवश्यक छ ।’
ज्ञवालीको उम्मेदवारीले महिला उद्यमशीलता र युवा नेतृत्वलाई बल पुर्याउने अपेक्षा गरिएको छ ।
निर्वाचित भएमा प्राथमिकता के हुने भन्ने प्रश्नमा ज्ञवालीले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने बताउनु भयो । उहाँका अनुसार पर्यटनसँग कृषि, हस्तकला, सेवा लगायतका क्षेत्र प्रत्यक्ष रूपमा जोडिएका छन् । ‘पर्यटन विकासले समग्र अर्थतन्त्र चलायमान बनाउँछ र स्थानीय स्तरमा जीवनस्तर उकास्न मद्दत गर्छ,’ उहाँले भन्नु भयो।

नेपालका हिमाल, संस्कृति, आतिथ्यता र प्राकृतिक सम्पदालाई ‘तयार उत्पादन’का रूपमा विश्वसामु प्रस्तुत गर्नुपर्ने उनको धारणा छ । साथै, पर्यटकमैत्री वातावरण, पूर्वाधार सुधार, सरसफाइ र सुरक्षा व्यवस्थामा ध्यान दिनुपर्ने उहाँले औंल्याउनु भयो ।
उहाँले नीति निर्माण मात्र नभई कार्यान्वयनमा समेत जोड दिनुपर्ने बताउँदै हिमाल, पहाड र तराईको भौगोलिक विविधता अनुसार नीति बनाइनुपर्ने धारणा राखिन् । उनले राज्य र निजी क्षेत्रबीच सहकार्य बलियो बनाएर व्यवसायमैत्री वातावरण निर्माण गर्न सकिने विश्वास व्यक्त गनु भयो ।
उहाँले आफू निर्वाचित भएमा साना, मझौला र युवा उद्यमीको आवाजलाई महासंघमार्फत राज्यसम्म पुर्याउँदै देशको अर्थतन्त्र मजबुत बनाउन सक्रिय रहने प्रतिबद्धता जनाउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकबाट क्यान्सर पीडित महिला बेपत्ता , देख्नेले तुरुन्तै खबर गरौ

दमक | १९ असार । झापाको दमक नगरपालिका–१, कुमाल चोकबाट एक क्यान्सर पीडित महिला हराएकी छन्। परिवारले उहाँको खोजीमा सहयोग गरिदिन सर्वसाधारणसँग आग्रह गरेको छ।

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा