मेयरद्धारा कार्यालय सहयोगीमाथि हातपात

सिरहा,२६ चैत । सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवविरुद्ध कुटपिटको आरोपमा पक्राउ पुर्जी जारी गरिएको छ ।

नगरपालिकामा कार्यरत एक कार्यालय सहयोगीमाथि हातपात गरेको घटनापछि उहाँविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको हो ।
प्राप्त जानकारी अनुसार, गत सोमबार बिहान करिब ९ बजे हाजिरी लगाउने क्रममा ५० वर्षीय कार्यालय सहयोगी रामशरण यादवमाथि मेयर यादवले गालीगलौज गर्दै लात र मुक्काले आक्रमण गरेका थिए ।

उक्त घटनामा घाइते भएका रामशरण यादवको हड्डी भाँचिएको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ । हाल उहाँको विराटनगरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

 

घटनापछि पीडितको उजुरीका आधारमा मेयर यादवविरुद्ध ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रशासन कार्यालय, सिरहाबाट पक्राउ अनुमति लिइसकिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिएका छन् ।
उहाँका अनुसार, पक्राउ पुर्जी जारी भएसँगै मेयर यादवको खोजी कार्य तीव्र पारिएको छ । सोही घटनामा संलग्न भनिएका नगरपालिकाका कर्मचारी रोहित मेस्तरलाई भने प्रहरीले पहिले नै नियन्त्रणमा लिइसकेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

देशका तीन राजमार्ग अझै पूर्णरुपमा अवरुद्ध

काठमाडौं,१ साउन । लगातारको वर्षापछि आएको पहिरो र प्रतिकूल मौसमका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान करिब ७ बजेसम्मको विवरण

कोशीले कति खर्च गर्यो अघिल्लो बजेट ?

विराटनगर,१ साउन । नयाँ आर्थिक वर्ष २०८३–८४ सुरु भएसँगै कोशी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा ७० प्रतिशतभन्दा बढी बजेट खर्च गर्न सफल भएको जनाएको छ

पशुपतिनाथमा भक्तजनको घुइँचो

काठमाडौं,१ साउन । साउने संक्रान्तिको अवसरमा आज बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। शुक्रबार साउन महिनाको पहिलो दिन भगवान शिवको

थारू समुदायमा ५२३ थर, साझा मानक भाषा निर्माण अन्तिम चरणमा

काठमाडौं ,३२ असार । थारू आयोगले मुक्त कमैया–कमलरीलाई कानुनी रूपमा मुक्त घोषणा गरिए पनि उनीहरूको पुनःस्थापना, सुरक्षित बासस्थान, शिक्षा, रोजगारी तथा जीवनयापनको सुनिश्चितता हुन नसक्दा

देशभर ६१ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा सुस्त

काठमाडौं,३२ असार । चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका

कवाडी गाडी रोकिएपछि व्यवसायीको आत्मदाह प्रयास

काठमाडौं,३२ असार । कवाडी सामान बोकेको गाडी कानुन विपरित रोकिएपछि एकजना व्यवसायीले ‘आत्मदाह’ प्रयास गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला र