प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निमन्त्रणा

काठमाडौँ,२९ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भारतको भ्रमणको औपचारिक निमन्त्रणा पठाँउनु भएको छ्। मौरिससमा आयोजित हिन्द महासागर सम्मेलनको साइडलाइनमा भारतीय समाचार च्यानलका पत्रकार सिधान्त सिबलसँग कुरा गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमण र नेपालको नयाँ परराष्ट्र नीतिका विषयमा विस्तृत जानकारी दिनु भएको हो ।

 

परराष्ट्रमन्त्री खनालका अनुसार नेपालमा निर्वाचन सम्पन्न हुनेबित्तिकै भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहलाई टेलिफोन गरेर बधाई दिनु भएको थियो । सोही बधाई सन्देशमार्फत मोदीले प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिएको र प्रधानमन्त्री शाहले उक्त निमन्त्रणा स्वीकार गरिसकेको खनालले स्पष्ट पार्नु भएको छ। भारत भ्रमणको मिति भने तत्काल तय भइसकेको छैन । मौरिससमै भारतीय विदेशमन्त्री एस. जयशंकरसँगको पहिलो प्रत्यक्ष भेटवार्तामा परराष्ट्रमन्त्री खनालले द्विपक्षीय सम्बन्ध र आगामी भ्रमणबारे छलफल गर्नु भएको थियो ।

 

नयाँ सरकार गठन भएको भर्खर दुई हप्ता मात्रै भएकाले सरकारले अहिले आफ्ना आन्तरिक प्राथमिकताहरू तय गरिरहेको उहाँले भारतीय पक्षलाई जानकारी गराउनु भएको थियो। नेपाल र भारतबिच झण्डै ४० वटा विभिन्न द्विपक्षीय संयन्त्रहरू सक्रिय रहेको उल्लेख गर्दै खनालले ती संयन्त्रहरूमार्फत अघि बढ्ने बताउनु भयो । भारतीय विदेशमन्त्री जयशंकर र आफूबिच पहिले नेपालले आन्तरिक रूपमा आफ्ना प्राथमिकता तय गर्ने र त्यसैका आधारमा विभिन्न उच्चस्तरीय भ्रमणहरू सुरु गर्ने सहमति भएको उहाँले खुलाउनु भयो । प्रधानमन्त्री शाहको भारत भ्रमणको उपयुक्त समय पनि अन्ततः द्विपक्षीय संयन्त्रहरूले नै निर्धारण गर्ने उहाँको भनाइ छ ।

 

नयाँ सरकारको परराष्ट्र नीतिको सन्दर्भमा पनि मन्त्री खनालले केही दिनअघि मात्रै प्रधानमन्त्री शाहले नेपालमा रहेका विदेशी कूटनीतिज्ञहरूलाई सम्बोधन गर्दै सरकार नयाँ हुँदैमा परराष्ट्र नीतिको निरन्तरता नतोडिने स्पष्ट पारेको प्रसंग उहाँले स्मरण गराँउनु भयो । नेपालको संविधानले नै परराष्ट्र नीतिका आधारभूत कुराहरू निर्दिष्ट गरेको उल्लेख गर्दै उहाँले क्षेत्रीय अखण्डता, सार्वभौमसत्ताको रक्षा, असंलग्नता र स्वतन्त्र परराष्ट्र नीति नै वर्तमान सरकारको पनि आधारभूत मूल्यमान्यता हुने प्रष्ट पार्नु भयो।

 

आफ्ना छिमेकी राष्ट्रहरू र विश्वभरका अन्य साझेदारहरूसँगको सम्बन्धलाई नेपालले मुख्यतया राष्ट्रिय हित र आर्थिक वृद्धिसँग जोडेर अगाडि बढाउने नीति लिएको छ । सरकारका सम्पूर्ण कूटनीतिक प्रयासहरू नेपालको द्रुत आर्थिक विकास र राष्ट्रिय स्वार्थमा केन्द्रित हुने परराष्ट्रमन्त्री खनालले अन्तर्राष्ट्रिय मञ्चबाट सन्देश दिनु भएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक गोल्डकप गराउन वाणिज्य संघ तयार

दमक, ३ भदौ। दमकमा तीन वर्षदेखि दमक गोल्डकप फुटबल प्रतियोगिता हुन सकेको छैन। नेपालमै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिताका रूपमा चिनिएको दमक गोल्डकप सञ्चालन हुन

सांसद र मन्त्रीहरूलाई रवि लामिछानेको चेतावनी : सच्चिनुहोस्, गतिविधि पारदर्शी बनाउनुहोस्

काठमाडौं,३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री र सांसदहरूसहित संसदीय दलको बैठक राखेर कडा निर्देशन दिनु भएको छ।दलका नेता वालेन्द्र

बर्दियामा समस्याग्रस्त पाटे बाघ नियन्त्रणमा

बर्दिया,३ भदौ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ स्थित पाटालचुली सामुदायिक वनबाट समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक,

४ महिनामा सर्पदंशबाट ६६ जनाको मृत्यु

काठमाडौँ,३ भदौ । देशभर सर्पदंश (सर्पको टोकाइ) का कारण पछिल्लो चार महिनामा ६६ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण

काँडेतारले वन्यजन्तु रोक्दै पाल्पाको ख्याहामा खेती जोगाउने अभियान

पाल्पा ,३ भदौ । रिब्दीकोट गाउँपालिका–१, ख्याहामा बाँदरलगायत वन्यजन्तुबाट खेतीबाली जोगाउन वडा कार्यालयले खेतमै हेरालु परिचालन गरेको छ। बाँदर, बँदेल, दुम्सी, मृगलगायतका वन्यजन्तुले मकैबालीमा क्षति

आकाशे पुल एकातिर, ज्यान जोखिममा पारेर चक्रपथ पार गर्दै यात्रु

काठमाडौँ,३ भदौ । सुरक्षित आवागमनका लागि करोडौँ खर्चेर बनाइएका आकाशे पुललाई बेवास्ता गर्दै चक्रपथमा पैदलयात्रुहरू दैनिक ज्यानकै बाजी लगाएर सडक पार गरिरहेका छन्। बालकुमारीदेखि सातदोबाटो,