समुद्री पहुँच र क्षेत्रीय सहकार्य साझेदारीका विषयहरु उठान गरे : शिशिर खनाल

काठमाडौं,३० चैत । परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमण सकेर स्वदेश फर्किनु भएको छ  ।

२७ र २८ चैतमा मौरिससमा आयोजना भएको नवौं पश्चिमी हिन्द महासागर सम्मेलन (इन्डियन ओसियन कन्फरेन्स) मा सहभागि हुन बिहीबार मौरिसस जानु भएको मन्त्री खनाल सोमबार स्वदेश फर्किनु भएको हो् ।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले सम्मेलनका क्रममा क्षेत्रीय सहकार्य पुनर्संरचना, समावेशी तथा नियममा आधारित समुद्री सुशासन, जलवायु परिवर्तनका चुनौतीहरूको साझा समाधान तथा दिगो र लचिलो विकासका लागि समन्वित प्रयासमा जोड दिएको बताउनु भयो ।

उहाँले भूपरिवेष्टित मुलुकका रूपमा नेपालका विशिष्ट सरोकारहरू अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पष्ट रूपमा प्रस्तुत गर्दै समुद्री पहुँच र क्षेत्रीय साझेदारीका विषयलाई प्राथमिकतामा राख्नुपर्ने धारणा पनि राखेको जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो, ‘सम्मेलनको क्रममा मैले क्षेत्रीय सहकारी पुनर्संरचना समावेशी तथा नियममा आधारित समुद्री सुशासन, जलवायु परिवर्तनका चुनौतीहरुको साझा समाधान तथा दिगो र लचिलो विकासका लागि समन्वित प्रयासमा जोड दिएको थिए । साथै भूपरिवेष्टित मुलुकका रुपमा नेपालका विशिष्ट सरोकारवालाहरुलाई अन्तर्राष्ट्रिय समुदायहरुसम्म स्पष्ट रुपमा प्रस्तुत गर्दै समुद्री पहुँच र क्षेत्रीय सहकार्य साझेदारीका विषयहरुलाई प्राथमिकताका साथ राख्नुपर्ने कुराहरु पनि मैंले औंल्याए । यस सम्मेलनमा नेपाललाई भारतीय महासागर क्षेत्र (इन्डियन ओसियन क्षेत्रसँग आफ्नो कुटनीतिक आर्थिक र रणनीतिक सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण अवसर प्रदान गरेको छ ।’

मन्त्री खनालका अनुसार उक्त सम्मेलनले नेपाललाई हिन्द महासागर क्षेत्रसँग कूटनीतिक, आर्थिक र रणनीतिक सम्बन्ध थप सुदृढ गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ । उहाँले वर्तमान भू–राजनीतिक परिवेशमा नेपालको सन्तुलित, स्वतन्त्र र बहुआयामिक परराष्ट्र नीतिलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने अवसर प्राप्त भएको बताउनु भयो ।

सम्मेलनको अवसरमा उहाँले विभिन्न मित्रराष्ट्रका समकक्षीहरूसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता समेत गरेका थिए । यस क्रममा एस जयशंकरसहित भारत, भुटान, बंगलादेश, सिंगापुर, मौरिसस र तान्जेनियाका विदेशमन्त्रीहरूसँग द्विपक्षीय विषयमा छलफल भएको उहाँले जानकारी दिनु भयो ।
उहाँले भन्नु भयो, ‘विशेषत :

भूराजनीतिक परिवेशमा नेपालको सन्तुलित, स्वतन्त्र र बहुआयामिक परराष्ट्र नीतिलाई थप सशक्त ढंगले अभिव्यक्त गर्ने अवसर प्राप्त भएको छ । सम्मेलनको अवसरमा विभिन्न मित्रराष्ट्रका समकक्षीहरुसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता समेत भयो । यसक्रममा भारतका विदेशमन्त्री, भुटान, बंगलादेश, सिंगापुर, मौरिसस र तान्जेनियाका विदेश मन्त्रीहरुसँग पनि हामीले द्विपक्षीय विषयमा छलफल भेटघाट गर्यौं ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

थारू समुदायमा ५२३ थर, साझा मानक भाषा निर्माण अन्तिम चरणमा

काठमाडौं ,३२ असार । थारू आयोगले मुक्त कमैया–कमलरीलाई कानुनी रूपमा मुक्त घोषणा गरिए पनि उनीहरूको पुनःस्थापना, सुरक्षित बासस्थान, शिक्षा, रोजगारी तथा जीवनयापनको सुनिश्चितता हुन नसक्दा

देशभर ६१ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा सुस्त

काठमाडौं,३२ असार । चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका

कवाडी गाडी रोकिएपछि व्यवसायीको आत्मदाह प्रयास

काठमाडौं,३२ असार । कवाडी सामान बोकेको गाडी कानुन विपरित रोकिएपछि एकजना व्यवसायीले ‘आत्मदाह’ प्रयास गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला र

दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइन्छ : शिक्षामन्त्री पोखरेल

चितवन, ३२ असार । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइने जानकारी दिनु

६ बुँदे मागसहित मिटरब्याज पीडित र गृहमन्त्री बीच तेस्रो चरणको छलफल

रौतहट,३२ असार । मिटरब्याज र ठगीविरुद्ध लामो समयदेखि आन्दोलनरत किसान–मजदुर तथा पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच आज (बिहीबार) तेस्रो चरणको वार्ता हुँदैछ । बाराको निजगढस्थित

अनुपस्थित २३ स्वास्थ्य कर्मचारीलाई मन्त्रालयको १५ दिने स्पष्टीकरण पत्र

काठमाडौं,३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।