दीपक भट्ट र सुलभ अग्रवाल माथि अनुसन्धान तीव्र

विलासी गाडीदेखि डिजिटल कागजातसम्म जफत गरे सँगै घर तथा कार्यालयमा सिल

काठमाडौं,२ वैशाख । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्ट र उहाँका व्यावसायिक साझेदार सुलभ अग्रवालको निवास तथा कार्यालयमा मंगलबार बिहान छापा मारेको छ । प्रहरी र स्थानीय निकायको सहयोगमा विभागको टोलीले उहाँहरूको सम्पत्ति र व्यावसायिक कारोबारमाथि छानबिन गर्न यो कदम चालेको हो ।

 

विभागको टोलीले ललितपुरको सानेपास्थित भट्टको निवास किरणभवन र कार्यालयमा छापा मारी दुवै ठाउँ सिल गरेको छ । लामो समयदेखिको अनुसन्धानपछि प्रक्रिया टुङ्ग्याउन विभागले भट्टको निवासबाट करिब १० वटा विलासी सवारी साधनहरू नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका गाडीहरूमा रेञ्जरोभर, टोयोटा ल्याण्डक्रुजर, बीएमडब्लु, टेस्ला, प्रोटन र बीवाइडी लगायतका रहेका छन् । यसका साथै, त्यहाँबाट मोबाइल फोन, कम्प्युटर, महत्वपूर्ण कागजात र सीसीटीभी सर्भर समेत जफत गरिएको विभागले जनाएको छ ।

 

भट्ट र अग्रवालको साझेदारी रहेको हिमालयन रि–इन्स्योरेन्स कम्पनीमा समेत विभागले छापा मारेको छ । त्यहाँबाट अनुसन्धानका लागि आवश्यक डिजिटल सामग्री र कागजातहरू नियन्त्रणमा लिइएको छ । त्यसैगरी, अग्रवालसँग सम्बन्धित कार्यालयहरूबाट ल्यापटप र सीसीटीभी फुटेज बरामद गरिएको छ भने भट्टका वित्तीय व्यवस्थापक भनिएका उपेन्द्र हिरावतको घरमा पनि छानबिन गरिएको स्रोतले जनाएको छ ।

 

विभागले अग्रवाल र भट्टको सम्पत्ति व्यवस्थापनका विषयमा गम्भीर आशंका व्यक्त गरेको छ । विभागका एक उच्च अधिकारीका अनुसार, नेपालभित्रका आर्थिक स्रोतहरू अग्रवालको नाममा र विदेश (सिंगापुर, हङकङ, दुबई आदि) मा रहेका स्रोतहरू भट्टको नाममा परिचालन भएको हुनसक्ने आशंकामा अनुसन्धान केन्द्रित गरिएको छ । जफत गरिएका सामग्रीहरूको विश्लेषणपछि थप तथ्यहरू खुल्ने विभागको भनाइ छ ।

 

भट्ट र अग्रवाल विगत दुई सातादेखि प्रहरी हिरासतमा हुनुन्छ । उहाँहरूमाथि सम्पत्ति शुद्धीकरण, बीमा र बैंकिङ कसुरसँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको छ । काठमाडौं जिल्ला अदालतले भट्टलाई दुई पटक गरी २० दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ भने अग्रवाललाई पनि थप अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति प्राप्त भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने