समानुपातिक सांसदसँग प्रधानमन्त्री शाहको छलफल

काठमाडौं,२ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सबै दलबाट निर्वाचित समानुपातिक सांसदहरूसँग छलफल गर्नु भएको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा सांसदहरूले आफ्ना क्षेत्र तथा समुदायका समस्या र समाधानका उपायबारे धारणा राख्नु भएको छ।

 

कार्यक्रमपछि राष्ट्रिय प्रजातन्त्र पार्टीकी समानुपातिक सांसद खुस्बु ओलीले मनसुनको समयमा हुने आकस्मिक नदी कटान प्रमुख समस्या रहेको बताउनु भयो । सीमित स्रोतसाधनका कारण तटबन्ध निर्माणका लागि पर्याप्त बजेट अभाव हुने भएकाले बाढीबाट उत्पन्न जोखिम नियन्त्रण गर्न कठिन हुने विषय आफूले प्रधानमन्त्री समक्ष राखेको उहाँले जानकारी दिइनु भयो ।

 

उहाँले भन्नु भयो, ‘मनसुनको समयमा आकस्मिक नदी कटान समस्या छ । त्यो जिल्ला तटबन्धहरुसँग सिमित स्रोतसाधन मात्र हुने तर आकस्मिकको लागि बजेट नहुने कारणले गर्दाखेरि यो बीच समयमा आएको बाढीले सिर्जना गरेको रिस्कलाई तटबन्ध गर्नको लागि यो कुरा प्रधानमन्त्री समक्ष राखेको छु ।’ यसैगरी नेकपा (एमाले) की सांसद पद्मा अर्यालले बैठकमा सहभागी सांसदहरूले आफ्ना समुदायका मुद्दासहित विकाससम्बन्धी विभिन्न विषय उठाएको बताउनु भयो । उहाँले विकासलाई प्रभावकारी रूपमा अगाडि बढाउने उपाय तथा नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयमा छलफल भएको जानकारी दिइनु भयो।

 

उहाँले भन्नु भयो, ‘बैठकमा सहभागि सांसदहरुले आफ्ना समुदायका मुद्दाका साथमा आफूलाई लागेका केही कुराहरु राख्नु भएको थियो । प्रधानमन्त्रीले एजेण्डा तोक्नु भएको थियो त्यसमा हामीले विकासलाई कसरी अगाडि बढाउँदा ठिक होला, नीति कार्यक्रममा कस्ता खालका कार्यक्रमहरु ल्याउँदा ठिक हुन्छ भन्ने कुराहरु गर्नु भयो।’
छलफलका क्रममा सांसदहरूले आ–आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपाय प्रत्यक्ष रूपमा प्रस्तुत गरेका थिए । यसअघि प्रधानमन्त्री शाहले प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभाका सांसदहरूसँग प्रदेशअनुसार भेटघाट तथा छलफल गरिसकेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने