एक महिनामै डिजेल र पेट्रोलको मूल्य बढ्यो

काठमाडौं,३ वैशाख । पछिल्लो एक महिनामा नेपाल आयल निगमले सरकारको सहमति लिएर पटक पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसविचमा निगमले डिजेलको मूल्य ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढाएको हो । अमेरिका र इजरायल गठबन्धन र इरानबीच युद्ध शुरू भई अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ आकाशिएपछि त्यसको प्रत्यक्ष असर पेट्रोलियम पदार्थ आयात गर्ने नेपाल जस्ता मुलुकहरु माथि परेको हो ।

 

पछिल्लो पटक निगमले बिहीबार बिहान देखि लागु हुनेगरी डिजेल र मट्टीतेलमा प्रति लिटर ३० रुपैयाँ मूल्य बढाउने निर्णय गरेसँगै अब एक लिटर डिजेलको मूल्य १४२ रुपैयाँ पुगेको छ । गत चैत १ गतेको तुलनामा यो मूल्य ६६.९० प्रतिशतले धेरै हो । चैत १ मा एक लिडर डिजेलको मूल्य १४२ रुपैयाँ थियो ।

 

यस बिचमा पेट्रोलको मूल्य झण्डै ४० प्रतिशतले बढेको छ । चैत १ गतेसम्म १५७ रुपैयाँ रहेको पेट्रोलको मूल्य अहिले २१९ रुपैयाँ पुगेको छ । त्यसैगरी, आन्तरिक तर्फको हवाई इन्धनको मूल्य पनि यस बीचमा बढेर २५६ रुपैयाँ प्रतिलिटर पुगेको छ । यसअघि चैत १९ मा निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १२४ रुपैयाँले बढाएर २५१ रुपैयाँ पुर्याएको थियो ।

 

इन्धमा भएको मूल्यवृद्धिका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा समायोजन गरीसकेको छ । प्राधिकरणका अनुसार चल्तीका हवाई रुटमध्ये काठमाडौँ–भैरहवा यात्रा गर्दा अब यात्रुले अधिकतम ११ हजार १६ रुपैयाँ तिर्नुपर्ने हुन्छ । यो रुटको भाडा २ हजार ५३५ रुपैयाँले बढेको हो । यस्तै, सबैभन्दा बढी काठमाडौँ–धनगढी रुटका लागि २३ हजार ५९ रूपैयाँ तोकिएको छ । यो रुटको भाडा साविकको तुलनामा ५ हजार ४३५ रुपैयाँ बढेको हो ।

 

यस्तै, यातायात व्यवस्था विभागले पनि यात्रुबाहक सवारी साधनमा १६.७१ प्रतिशत र पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २१.६८ प्रतिशतले बढाएको छ । साथै, तराइको बाटोमा हुने सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा १५.७५ प्रतिशतले बढाइएको छ ।

 

नेपाल सरकारले पेट्रोलियम पदार्थमा सहुलियत नदिएको भने होइन । यसअघि सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको भन्सार शुल्क र पूर्वाधार विकास कर ५० प्रतिशतले घटाएको छ । यो भनेको पेट्रोलमा १७ रुपैयाँ र डिजेलमा १२ रुपैयाँ हो । तर अन्तराष्ट्रिय अभ्यास अनुसार यो अपर्याप्त भएको भन्दै सर्वसाधारणबाट सरकारको आलोचना समेत हुन थालेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

काठमाडौं,९ वैशाख । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिनु भएको छ । उहाँले बुधबार सामाजिक सञ्जालमा लेख्दै जिम्मेवारीबाट अलग हुने निर्णय लिएको जानकारी दिनु

कूटनीतिक राहदानी प्रयोगमा कडाइ गर्ने सहमति

काठमाडौं,९ वैशाख । कूटनीतिक राहदानी सिफारिस तथा प्रयोगसम्बन्धी विषयमा प्रतिनिधि सभामा भएको सर्वदलीय छलफलले तत्कालका लागि विद्यमान कानुन कडाइका साथ कार्यान्वयन गर्ने र दीर्घकालीन रूपमा

वैदेशिक रोजगारीको प्रलोभनमा पारी ठगी गर्ने ४ जना पक्राउ

काठमाडौं,९ वैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ

एमाले पार्टी स्थापना दिवसको अवसमा आज अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौं,९ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । पार्टी केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीका

घरजग्गा कारोबारका लागि नयाँ नियम सार्वजनिक

काठमाडौं,९ वैशाख। भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र हुने ३ करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबारका लागि नयाँ नियम सार्वजनिक गरेको छ

सातै प्रदेशमा अटिजम नमूना विद्यालय स्थापना गर्ने सरकारको तयारी

काठमान्डौ, ८ वैशाख । सरकारले सातै प्रदेशमा अटिजम नमूना विद्यालय स्थापना गर्ने घोषणा गरेको छ । विश्व अटिजम सचेतना दिवस (अप्रिल २) को अवसरमा शिक्षा,