दमकको ग्लोवल स्कुलमा देखियो यस्तो दृष्य

५ कक्षामा अध्ययन गर्ने विद्यार्थीलेनै बनाउन सक्छन् रोवर्ट

दमक,३ वैशाख। वेवसाईड डेभ्लोप गर्न, वेव गेम बनाउन, अनी यती मात्रै नभएर रोवर्ट समेत बनाउन अहिलेका विद्यार्थीहरुले विद्यालयबाट सिक्ने गरेका छन् । दमक स्थित ग्लोवल एजुकेशनल एकेडेमीमा सिक्ने मात्रै हैन, सिकेर देखाई पनि सकेका छन् । त्यो पनि कक्षा ५ देखी १० कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुले । बुधबार यहाँ एक औपचारीक कार्यक्रमको आयोजना गरीयो । जहाँ विद्यार्थीहरुले एक वर्षमा कोडीङ मार्फत केके सिके र त्यसको उपलब्धी के के भयो भन्नेबारेको प्रस्तुती देखाए ।

उनीहरुलाई कस्तो कोडिङले के देखाउँछ । कसरी वेवसाईड बनाउने, वेव गेम बनाउने तरिका अनी रोवर्डको परिकल्पना मात्रै हैन, त्यो परिकल्पनालाई जीवन्त दिन केके गर्न सकिन्छ सम्म कक्षा कोठामानै सिकाइन्छ । यसरी ग्लोवलले काठमाडौमा रहेको कोडेस इन्नोभेसनसग सहकार्य गरेको छ र यस सम्बन्धीको ज्ञान विद्यार्थीहरुलाई निशुल्क प्रदान गरीरहेको छ ।

 

यसबाट विदार्थीहरुको चिन्तत, सोच र खोज प्रविधीमैत्री बन्न सक्छ । उनीहरुले प्रयोग गर्ने ग्याजेट अव समय बिताउने तथा मनोरञ्जनको माद्यम मात्रै नभएर अध्ययन गर्ने, परियोजना सम्पन्न गर्ने साधन समेत बन्ने गरेको छ ।
ग्लोववलमा २ वर्ष देखी यो सस्थाले कोडिङको कार्यक्रम सञ्चालन गरिरहेको छ । बदलीदो प्रविधिको विकासमा नयाँ पुस्तालाई जोडेर आधुनिक शिक्षा प्रदान गर्ने उद्धेस्यले विद्यार्थीलाई कोडिङ सम्बन्धीका कक्षाहरु दिइने गरीएको कोडेस इन्नोभेसनका सह–सस्थापक सन्दिप न्यौपानेले जानकारी दिनुभयो ।

 

समयको माग र आवश्यकतालाई यस ग्लोवल एजुकेशनल एकेडेमीले टपक्कै टिपेको छ । साना कक्षा देखिनै विद्यार्थीलाई प्राविधिक ज्ञान दिएर आफुले खेल्ने वेव गेम अव आफैपनि तयार पार्न सकिन्छ भन्नेगरीको आत्मविविस्वास बढाउने काम गरिरहिएको छ । विद्यार्थीहरुले प्रयोग गरेको ग्याजेटबारेमा उनीहरु पूर्णज्ञान लिएर कोडीङ मार्फत नयाँ एप्लीकेशन, वेव तथा रोवर्टपनि बनाउन सक्ने छन् । यसै क्षेत्रमा समेत लागेर आफ्नो भविष्य बनाउन सक्ने विद्यार्थीकालागी यो कक्षा आधारशिला बन्न सक्ने विस्वास विद्यालयको विद्यालयका शिक्षा संयोजक नरेश पोखरेलले बताउनु भयो ।

 

सो अवसरमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । अनी ग्लोवल एजुकेशनल एकेडेमीद्धारा नै सञ्चालीत ग्लोवल मण्टेस्वरीका विद्यार्थीहरुले विभिन्न सास्कृतीक कार्यक्रमहरु समेत प्रर्दशन गरेका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने