कांग्रेसको आधिकारिकताबारे सर्वाेच्चमा बहस

विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्न सक्छ कि सक्दैन भन्ने विषयमा प्रश्न

काठमाडौँ,३ वैशाख। नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता एकराज पोखरेलले विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्न सक्छ कि सक्दैन भन्ने विषयमा प्रश्न उठाउनु भएको छ। विशेष महाधिवेशनको नाममा गगन थापालाई आधिकारिकता दिएकोमा प्रश्न गर्दै वरिष्ठ अधिवक्ता पोखरेलले भन्नु भयो,‘ आयोगमा एउटा उजुरी परेपछि त्यसको छिनोफानो नगरी एक पक्षीय रूपमा निर्णय गर्ने अधिकार छैन।’

 

सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासमा बिहीबार जारी सुनुवाइमा रिट निवेदक शेरबहादुर देउवाको तर्फबाट वरिष्ठ अधिवक्ता पोखरेलले महामन्त्रीलाई पार्टीको कुनै पनि निर्णय गर्ने एकल अधिकार नभएकाले निर्वाचन आयोगबाट गगन थापा पक्षलाई दिएको पार्टीको आधिकारिकता दिन नहुने तर्क गर्नु भएको छ। सभापति पद दुई तिहाइको अविश्वासमा मात्रै रिक्त हुन्छ, वरिष्ठ अधिवक्ता पोखरेलले भन्नु भयो,‘विशेष अधिवेशनले सभापतिको रिक्त पदपूर्ति गर्ने वैधानिक आधार छैन।’

 

विशेष महाधिवेशनले सभापति मात्रै नभई सबै नयाँ कार्यसमिति नै फेरबदल गैर कानुनी भएको उल्लेख गर्दै पोखरेलले भन्नु भयो,‘पहिला आफैँले पार्टीको विशेष महाधिवेशनको औचित्य समाप्त भएको भनेर माइन्युटमा हस्ताक्षर गर्ने महामन्त्रीद्वय बन्धनमा परिसक्नु भएको छ । माइन्युटमा हस्ताक्षर गरेर एकल निर्णयका आधारमा विशेष महाधिवेशन बोलाउनुको औचित्य देखिन्न।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने