झाडापखालाबाट कसरी बच्ने?

गर्मी महिनामा अरु मौसम भन्दा बढी बिरामी हुने गर्छन भने खानेकुराहरू नै दूषित तथा असुरक्षित भएका कारण पनी गर्मीमा धेरैजसो रोगहरू देखिने गरेका छन ।

गर्मीसँगै वर्षात् पनि सुरु हुन्छ। यतिबेला पानीका स्रोतहरू दूषित हुने सम्भावना बढी हुन्छ। मान्छे तथा जनावरका दिसा–पिसाबका साथै अन्य दूषित स्रोतबाट पानी असुरक्षित हुन्छ। त्यस्तो पानी सिधै पिउँदा झाडापखाला र आउँ जस्ता रोग देखा पर्छन्। मान्छे तथा जनावरको दिसामा पाइने ‘कोलिफर्म’ कीटाणुले आउँ र मासी पर्न सक्छ। सडेका, गलेका, बासी तथा झिँगा भन्किएका दूषित खानाबाट पनि झाडापखाला लाग्न सक्छ।लक्षणहरूः बारम्बार दिसा लाग्ने, पेट दुख्ने, वान्ता हुने र शरीर गल्ने जस्ता लक्षण देखिन्छन्। आउँको समस्या छ भने दिसा गर्दा रगत देखा पर्ने र पूरै दिसा ननिस्किएको जस्तो महसुस हुने हुन्छ।

 

बच्ने उपायः पिउने पानीलाई उमालेर वा फिल्टर गरेर मात्र प्रयोग गर्ने। पानीका मुहानहरू सफा राख्ने, ताजा खाना खाने र बासी खाना खानुपरे राम्ररी तताएर मात्र खाने। खुल्ला ठाउँमा दिसा–पिसाब नगर्ने। झाडापखाला लागेपछि शरीरमा पानीको कमी हुने भएकाले पुनर्जलीय झोल (जीवनजल) बनाएर पटक–पटक पिउनुपर्छ। निरन्तर पखाला लागिरहेमा तुरुन्त स्वास्थ्य संस्थामा गएर उपचार गर्नुपर्छ। अदुवा, लसुन र ज्वानोको प्रयोगले पाचन प्रणालीलाई बलियो बनाउँछ। एक गिलास पानीमा एक चम्चा ज्वानो भिजाएर पिउँदा पेट सफा हुन्छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

थारू समुदायमा ५२३ थर, साझा मानक भाषा निर्माण अन्तिम चरणमा

काठमाडौं ,३२ असार । थारू आयोगले मुक्त कमैया–कमलरीलाई कानुनी रूपमा मुक्त घोषणा गरिए पनि उनीहरूको पुनःस्थापना, सुरक्षित बासस्थान, शिक्षा, रोजगारी तथा जीवनयापनको सुनिश्चितता हुन नसक्दा

देशभर ६१ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा सुस्त

काठमाडौं,३२ असार । चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका

कवाडी गाडी रोकिएपछि व्यवसायीको आत्मदाह प्रयास

काठमाडौं,३२ असार । कवाडी सामान बोकेको गाडी कानुन विपरित रोकिएपछि एकजना व्यवसायीले ‘आत्मदाह’ प्रयास गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला र

दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइन्छ : शिक्षामन्त्री पोखरेल

चितवन, ३२ असार । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइने जानकारी दिनु

६ बुँदे मागसहित मिटरब्याज पीडित र गृहमन्त्री बीच तेस्रो चरणको छलफल

रौतहट,३२ असार । मिटरब्याज र ठगीविरुद्ध लामो समयदेखि आन्दोलनरत किसान–मजदुर तथा पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच आज (बिहीबार) तेस्रो चरणको वार्ता हुँदैछ । बाराको निजगढस्थित

अनुपस्थित २३ स्वास्थ्य कर्मचारीलाई मन्त्रालयको १५ दिने स्पष्टीकरण पत्र

काठमाडौं,३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।