दमक शुक्रबार पनि खुल्ला ! यस्तो छ व्यवसायीको प्रतिकृया

दमक, ५ बैशाख । बालेन सरकार बनेपछि अहिले शनिबार र आईतबार कार्यालय तथा शैक्षिक सस्थाहरु बन्द छन्। यता झापाको दमकमा भने शुक्रबार साप्ताहीक रुपमा बजार बन्द गर्ने निर्णय यहाँको उद्योग वाणिज्य संघले गरेको छ । यो निर्णय मात्रै भएर होईन गत १९ औ अधिवेशन अन्तर्गत गत पुष १८ गते सम्पन्न भएको निर्वाचनमा शुक्रबार बजार बन्द गर्ने प्रस्तावलाई दमकका दुई तिहाई बढि व्यवसायीले शुक्रबारनै बन्द गर्ने भन्नेमा मतदान गरे । र दमकमा शुक्रबार बन्दले निरन्तर्ता पायो । शनिबार बन्द गर्ने कि शुक्रबार भन्नेमा शुक्रबारका दिन बन्द गर्नेमा बहुमत मत प्राप्त भएको थियो ।

 

 

तर अहिले शनिबार र आईतबार समेत सरकारले कार्यालय बन्द गर्नु भनेपछि दमकमा लगात तीन दिन बन्द हुने देखियो । तर दमकका कतिपय व्यवसायीले शुक्रबार बन्द गर्ने बहुमत निर्णयको बर्खिलाप गरेका छन् । यो पटक दमकको बजार अन्यको भन्दा अली धेरै खुल्ला भए । के यो त्यसबेलाको बहुमतको विरुद्ध हो वा अहिलेको समयको माग र आवश्यकता हो भन्नेबारेमा हामीले दमक बजार क्षेत्रमा खुल्ला रहेका केहि व्यवसायीलाई सोधेका छौ र उद्योग वाणिज्य सघंको समेत धारणा बुझेका छौ ।

 

संघले गरेको निर्णयमा खाद्यन्न, औषधी तथा अति आवश्यकीय सामानको किनबेचमा कुनै रोकतोक छैन । तर त्यो देखि बाहेक जुन अति आवश्यकीयमा पर्दैन ती सामान बिक्रि गर्ने पसलहरु चहि बन्द गर्नु पर्ने हुन्छ । तर दमक बजारका अधिकांश पसलहरु यो पटकको सुक्रबार खुल्ला भए । जुन अतिआवश्यकीयमा पर्दैन । दमक बजारमा सञ्जय अग्रवाल थान कपडाको पसल गर्नु हुन्छ । तर उहाँले उद्योग वाणिज्य संघको निर्णय भन्दा बाहिर गएर पसल खोल्नु भयो । किन यस्तो गर्नु भयो त भनी हामीले उहाँलाईं सोध्यौ । उहाँ भन्नु हुन्छ मेरो मात्रै नभएर अहिले अन्य पसलहरुपनि खुल्ला छन् । अरुले त खोले म किन बन्द गर्नु ? मेरो त यो गरिखाने माद्यम हो । गरिखाने माद्यम बन्द गरेर आफ्नो व्यवहार नचल्ने उहाँको धारणा छ ।

 

उहाँ मात्रै नभएर अन्य व्यवसायीहरुको पनि साझा धारणा छ । अधिकांश पसलहरु छिमेकिको पसल खुलेको देखेपछि आफुले पनि खोलेको प्रतिकृया दिनु हुन्छ । कतिपय चाहि यो पटकको शुक्रबार माता तिर्थ औँशी समेत परेकोले आमाका लागी उपहार किन्नेहरु आउन सक्ने भएकोले समेत सेवा गर्न पसल खोलेको भन्ने प्रतिकृया दिनु हुन्छ ।

 

उसो त उद्योग वाणिज्य सघंले गरेको निर्णय कतिपय व्यवसायीलाई चित्त बुझेको पनि छैन । हप्तामा एक दिन विदा खासगरी पसलमा काम गर्ने कर्मचारीको अधिकार र सुरक्षालाई जोडेर हेरिन्छ । हप्तामा एक दिन साप्ताहिक विदा पाउने अधिकार हरेक मजदुरको छ । तर यो अधिकार हनन् भयो भनेर दमकका दोकानमा काम गर्ने मजदुरहरुले गुनासो गरेको चाहि पाइदैन । अनी कतिपय आफै कामदार आफै मालीक भएका कयौ स्वरोजागर बनेका व्यवसायीहरु पनि छन् । उनीहरुको गुनासो र प्रश्न छ मेरो दोकानको घरभाडा उद्योग वाणिज्य संघले तिरिदिने हो र बन्द गर्नु ? मेरो पसल मेरो अधिकार । यो त मेरो व्यवसाय गर्ने अधिकार माथी हनन् भएन र भन्दै कति पयले प्रश्न समेत गरे । यस सन्दर्भमा दमक उद्योग वाणिज्य संघले शनिबार र आईतबार दुई दिन सार्वजनिक बिदा भएपछि अव के गर्ने भन्नेबारेमा नयाँ निर्णय लिने बताउनु हुन्छ संघका तृतिय उपाध्यक्ष सुवास गड्तौला । उहाँले आगामी बैठकमा यसलाई एजेण्डाको रुपमा अघी सार्दै दमकका उद्योगी व्यवसायीको माग र चाहना अनुसारको निर्णय गरिने समेत बताउनु भयो ।

 

एक दिन बिदा बस्नु पर्छ त्यो सबैको अधिकार हो । तर बिदा बस्ने अधिकारको सुनिश्चित गर्दै गर्दा व्यापार गर्न पाउने अधिकारमा चाहि बन्देज लगाउन पनि पाइदैन । अझ अर्को रोचक कुरा दमकमा रहेका ठुला खाले डिपार्टमेण्ट तथा सुपरमार्केटहरु चाहि सातै दिन खुल्ला हुन्छ । उनीहरुलाई दमक उद्योग वाणिज्य संघको निणर्यले छोएको हुदैन । अनी उद्योग वाणिज्य संघ कार्यकारी अधिकार राख्ने त्यस्तो संवैधानीक निकाय समेत हैन । यो उद्योगी व्यवसायीको समस्या र पीडालाई राज्यसँग जोडी समाधान निकाल्ने एउटा संगठन मात्रै हो । पसल बन्द गर्ने नामको राजनितीबाट दमक उद्योग वाणिज्य संघ माथी उठ्न पर्छ र दमक व्यापारका लागी सँधै खुल्ला र सुरक्षीत छ भन्ने वातावरण चाँहि बनाउन आवश्यक छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रिय जेनजी नगरिकद्धारा आयल निगमलाई २४ घण्टे अल्टिमेटमको चेतावनी

काठमाडौं,५ वैशाख । राष्ट्रिय जेनजी नगरिक अभियानले नेपाल आयाल निगम र सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी पेट्रोलियम पदार्थमा

पालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो राय तथा सुझाव

काठमाडौं,५ वैशाख । गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राय तथा सुझाव मागेको छ । मन्त्रालयले बैशाख

बालुवाटारबासीले गराए निशुल्क दाँत र आँखाको परिक्षण

दमक, ५ वैशाख। काठमाडौमा जस्तै दमकमापनी बालुवाटार भन्ने ठाउँ छ । जुन बालुवाटार सरकारी जग्गा किर्ते गरि ब्यक्तिको नाममा सारेको भन्दै देशभर चर्चामा समेत छ

सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सरकारको निर्देशन

काठमाडौँ,५ वैशाख। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने भएको छ । यसअघि मन्त्रालयले आइतबार पनि अस्पतालको बहिरङ्ग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि

काठमाडौं,५ वैशाख। इरानले विश्व व्यापारको महत्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ पुनः खुला गर्ने घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ