अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि

काठमाडौं,५ वैशाख। इरानले विश्व व्यापारको महत्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ पुनः खुला गर्ने घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । न्यूयोर्क मर्केन्टाइल एक्सचेन्जमा भएको कारोबारमा जुन महिनाका लागि तय भएको सुनको मूल्य करिब २ प्रतिशतले बढेको छ ।

मे महिनाका लागि तय भएको चाँदीको मूल्यमा ४ प्रतिशतभन्दा बढीको उछाल आएको छ । इरानको यो घोषणाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भने तीव्र गिरावट ल्याएको छ । विश्लेषकहरूका अनुसार तेलको मूल्य घट्दा अल्पकालीन रूपमा मुद्रास्फीतिको दबाब कम हुने र बजारमा सकारात्मक उत्साह बढ्ने देखिएको छ ।

यसै बीच, अमेरिकी डलर कमजोर बन्नु र तेलको मूल्यमा आएको भारी गिरावटले लगानीकर्ताहरूलाई सुन र चाँदीतर्फ आकर्षित गरेको हो । डलर कमजोर हुँदा बहुमूल्य धातुहरूको माग बढ्ने भएकाले मूल्यमा तीव्र वृद्धि देखिएको हो ।

इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले सामाजिक सञ्जाल एक्स मार्फत लेबनानमा भएको युद्धविरामको भावना अनुरुप हर्मोज जलसन्धि सबै व्यावसायिक जहाजहरूका लागि खुला गरिएको जानकारी दिनु भएको छ। उहाँले युद्धविरामको बाँकी अवधिसम्मका लागि यो मार्ग पूर्ण रूपमा खुला रहने घोषणा गर्नु भएको छ । ‘लेबनानमा भएको युद्धविरामसँगै हर्मोज जलसन्धिबाट हुने सबै व्यावसायिक पारवहन अब पूर्ण रूपमा खुला गरिएको छ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि