दमक, ५ वैशाख। काठमाडौमा जस्तै दमकमापनी बालुवाटार भन्ने ठाउँ छ । जुन बालुवाटार सरकारी जग्गा किर्ते गरि ब्यक्तिको नाममा सारेको भन्दै देशभर चर्चामा समेत छ । यहि ठाउका बासिन्दाको स्वास्थ्य अबस्था कस्तो छ? भनेर स्वास्थ्य शिबिर आयोजना गरि परिक्षण गरियो ।
अहिले दाँत र आँखाको अबस्था परिक्षण गरि अबस्था जानकारी लिइएको दमक ८ स्थित बालुवार टोल बिकास सस्थाका अध्यक्ष गणेश चौहानले जानकारी दिनुभयो । दमक ६ मा रहेको आमा डेण्टल केयर र दमक ५ मा रहेको बिर्याज्योती आँखा अस्पतालको प्राबिधिक सहयोगमा यहाँ विशेषज्ञ सहितको स्वास्थ्य शिबिर शनिबार सम्पन्न गरियो ।
यो टोलका बासिन्दा मद्यम आयश्रोत भएका हुन । अनि यहाँ आएर स्वास्थ्य परिक्षण गराउनेहरुपनी त्यही वर्गमा । त्यसैले टोल बिकास सस्थाले आयोजना गरेको यो शिविरबाट सहज उपचार पाईएको शिविरमा सहभागी मद्ये टिकाराम गिरि र बिष्णु चुडालले प्रतिक्रिया दिनुभयो ।
उसो त यो शिविरमा प्राबिधिक सहयोग गरेको मद्ये आमा डेन्टल केयरले यस्ता सामाजिक योगदान निरन्तर गर्दै आएको छ । आज शनिबार आफ्नै डेन्टल केयरमा ब्यस्त रहने अबस्था भएपनी नागरिकको निशुल्क स्वास्थ्य सेवा आफ्नो पहिलो प्राथमिकता भन्दै यहाँ प्राबिधिक सहयोग गर्न आईएको यसका सन्चालक अर्जुन कुमार श्रेष्ठले बताउनु भयो । उहाँ भन्नुहुन्छ यो शिविरमा आउनेहरुको निशुल्क दन्त परिक्षण मात्र भएको छैन , यहाँ दात परिक्षण गराएकाहरुलाई थप उपचार गर्न परेमा क्लिनिकमै अतिरिक्त छुटको समेत व्यवस्था रहेको छ ।
यसखाले स्वास्थ्य शिविरले खासगरी सहज स्वास्थ्य पहुच नभएका नागरिककालागी निकै लाभदायी हुने गरेको छ । यस्ता शिविर गाउका कुना कन्दरामा अझै पुग्न जरुरी छ ।









