संगिनी संरक्षणमा संगठित प्रयास

पथरी शनिश्चरेमा दोस्रो संगिनी महोत्सव

उज्यालो खबरका अतिथि सम्पादक तिम्सिना सम्मानित

पथरी, ६ बैशाख /  नेपाली महिलाहरुको मौलिक संगिनी नृत्य । जो लोपोन्मुख अवस्थामा पुगेको छ । यसको संरक्षण र प्रवद्र्धनका लागि मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ३ मा दोस्रो संगिनी महोत्सव ०८२ चैत २८ मा भव्यतापूर्वक सम्पन्न भएको छ ।

संगिनीको संरक्षणमा लागिपरहेको श्री महिला जागरुक हरिकीर्तन तथा संगिनी समूहको आयोजनामा नगरस्तीय दोस्रो महोत्सव भव्यतापूर्वक सम्पन्न भएको हो । जसलाई चासोपूर्ण अवलोकनपछि प्रमुख अतिथिका रुपमा आमन्त्रित कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री उमाकान्त गौतम निकै प्रभावित बन्नुभयो । ४० वर्षपछि आफूले पथरीमा संगिनी देख्न पाएको प्रसंग ल्याउँदै उहाँले यसखाले पुनर्जागृत अभियानबाट एउटा महत्वपूर्ण तर लोपोन्मुख अवस्थाको मौलिक संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान भएको ठहर गर्नुभयो ।

 

मौलिकतामाथि संकटको अवस्था रहेकोप्रति दुःख व्यक्त गर्दै राज्यमन्त्री गौतमले देशको समग्र अस्तित्व नै भाषा, कला, साहित्य र संस्कृतिले जोगाएको गहन मर्मको चर्चा गर्नुभयो । उहाँले थप्नुभयो, ‘संगिनीको यो प्रयास आफैंमा लोपोन्मुख मौलिक संस्कृति संरक्षणको महत्वपूर्ण काम हो । साथै यसका माध्यमबाट पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण भूमिका निर्वाह हुन्छ । जो पर्यटकलाई आकर्षित गर्ने सांस्कृतिक माध्यम हो ।’
गत वर्ष सो समूहले नेपालमै सम्भवत प्रथम संगिनी महोत्सव गरेको थियो । सो महोत्सवसम्म आइपुग्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने संगिनी अभियन्ता समूहकी संस्थापक अध्यक्ष रेणुकादेवी काफ्‌लेलाई राज्यमन्त्री गौतमले दोसल्ला र सम्मानपत्रले सम्मानित गर्नुभयो । त्यसैगरी, संगिनी प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै प्रथम महोत्सवमा कार्यपत्र समेत प्रस्तुत गर्ने उज्यालो खबरका अतिथि सम्पादक सर्जक भूपेन्द्रराज तिम्सिनालाई पनि सम्मानित गरियो ।

महोत्सवमा पथरी शनिश्चरे नगरभित्रका दीर्घायु, शान्ति, ज्ञानकुञ्ज, गणपति, देवी ,महिला जागरण जागरुक हरि किर्तन समूहले संगिनीको आकर्षण प्रस्तुत गरे । जहाँ संगिनीमार्फत पौराणिक विषयकासाथै समसामयिक विषय प्रस्तुत गर्दै समाजलाई सिकाउने काममा महिला समूहको सक्रियता देखिन्थ्यो ।

संगिनी महोत्सवका लागि अघि वर्षझैं यो वर्षपनि नगरपालिका कार्यालयले केही आर्थिक सहयोग पुर्‍याएको थियो । यसखाले संस्कृति संरक्षणको यो अभियानमा नगरपालिकाले राम्ररी मूल्यांकन गर्दै सहयोग गर्न कन्जुस्याइ गर्न नहुने नगर कार्यपालिका सदस्य एवम् ४ नम्बर वडाध्यक्ष लोकनाथ न्यौपान (लोककिरण)ले भनाई राख्नुभयो ।

 

महोत्सवमा नयाँ पुस्तालाई संस्कृति हस्तान्तरणको अभियान स्वरुप छोरी समूहको संगिनीबाट प्रस्तुतिको सुरुवात गरिएको थियो ।
सो अवसरमा आमन्त्रित अतिथि र कार्यक्रममा सहभागिहरूलाई मौलिक खाजाका रुपमा भुटेको मकै, गुन्द्रुक, आलु, मोहीले सत्कार गरी हरेक क्षेत्रमा मौलिकता जोगाउने सन्देश दिइएको थियो ।
शिक्षासेवी तथा समूहका सल्लाहकार युवराज बास्कोटाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
महोत्सवले स्थानीय समुदायबीच आपसी सद्भाव, सांस्कृतिक पहिचान र महिला स–शक्तिकरणलाई अझ मजबुत बनाउने काम भएको थियो ।
०६२ माघ १८ गते भजन किर्तन गर्न धार्मिक कार्यमा सघाउन रेणुकादेवी काफ्‌ले अध्यक्ष रहेर स्थापना भएको महिला जागरुक हरिकिर्तन समूह २०७६ बाट संङ्गिनी नाचको संरक्षणमा जुट्न थाल्यो । समूहले ०८१ फागुन १४ गते सम्भवत नेपालकै पहिलो संगिनी महोत्सव ३ नम्बर वडामै सम्पन्न गरेको थियो ।

संगिनी संरक्षणमा आमा समूह, बुहारी समूह र छोरी समूह बनाएर सङ्गिनी खेल्ने मात्र होइन नजिकका विद्यालयमा गई विद्यार्थीलाई पनि संगिनीको महत्व बुझाएर समूह मौलिक संस्कृति संरक्षणको जाँगरिलो उदाहरण बनेको छ ।
२०८० साउन ३० गते दर्ता नम्बर ४६ मा पथरीशनिश्चरे नगरमा विधिवत दर्ता भएर कार्य गर्दै आएको छ । अर्थात नगरमा पहिलो पटक संगिनी समूह दर्ता भएको छ । महिला जागरुक हरिकीर्तन तथा सङ्गिनी समूहका रुपमा प्रत्येक हप्ताको मंगलबार साँझ संगिनी प्रशिक्षण कार्यक्रम चलाएर युवा पुस्तालाई यसको संरक्षणमा झकझकाएको थियो । संगिनी संरक्षणमा आमा समूह, बुहारी समूह र छोरी समूह बनाएर सङ्गिनी खेल्ने मात्र होइन नजिकका विद्यालयमा गई विद्यार्थीलाई पनि संगिनीको महत्व बुझाएर समूह मौलिक संस्कृति संरक्षणको जाँगरिलो उदाहरण बनेको छ । पर्यटन बोर्डले समेत संगिनीमार्फत पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना खोज्दै समूहसँग २ पटक भेटघाट गरेर संगिनीको ओझ बुझेको संस्था अध्यक्ष देवीमाया पोखरेलले जनाउनु भयो । संगिनी प्रस्तुतिका लागि समूह नेपालका विभिन्न स्थानका साथै भारतमा समेत आमन्त्रित बन्दै आएको खुसीको खबर पनि उहाँले सुनाउँदै थप्नुभयो, ‘हामीले मौलिक संगिनी जोगाउने, यसलाई प्रचार प्रसार गर्ने र नयाँ पुस्तालाई हस्तान्तरण गराउने काम हाम्रो मुख्य उद्धेश्य हो ।’

 

समूहले ०८१ फागुन १४ गते सम्भवत नेपालकै पहिलो संगिनी महोत्सवका रुपमा प्रथम संगिनी महोत्सव ३ नम्बर वडामै सम्पन्न गरेको थियो ।
लोपोन्मुख अवस्थामा रहेको बालन र नौमति बाजा संरक्षणमा पनि संस्थागत प्रयासमा सो वडावासी सक्रिय रहेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

देशभर श्रद्धा र भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी मनाइँदै

काठमाडौं ,१९ भदौ। वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजाआराधना गरी ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज शुक्रबार देशभर श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन् ।भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने

भेलागुडी विश्रान्तिघाटमा बिरामीको चाप बढ्यो

झापा, भदौ १९ । विकास निर्माणसंगै सामाजिक काममा अग्रसर बिर्तामोड ८ स्थित भेलागुडी विश्रान्तिघाट निर्माण समितिले आयोजना गरेको निःशुल्क आँखा शिविरबाट धेरैजना लाभान्वित भएका छन्

त्रिशूली–३ ‘ए’को उद्धार कार्यमा गृहमन्त्री आफैं फिल्डमा

काठमाडौं ,१९ भदौ। बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ ।उद्धार कार्यलाई प्रभावकारी बनाउन र स्थलगत समन्वयका

अर्जुनधारामा मोटरसाइकलको ठक्करले पैदलयात्रीको ज्यान गयो

झापा, भदौ १९। झापाको अर्जुनधारा नगरपालिका–९ बाह्रघरेमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।गएराति अन्दाजी ८ बजे अर्जुनधारा ९ बाह्रघरेस्थित शनिश्चरे– जयपुर भित्री पक्की

१०औँ दिनमा त्रिशूली सुरुङबाट २ जनाको जीवितै उद्धार

 काठमाडौँ , भदौ १९।भोटेकोशीको बाढीपछि त्रिशूली ३ ‘ए’ को सुरुङमा फसेका २ जनाको जीवितै उद्धार गरिएको छ ।सेना र सशस्त्र प्रहरीले विदेशी उद्धारकर्मीहरूको सहयोगमा उनीहरूको

बाढी पहिरोले पृथ्वी राजमार्ग लगायत देशभरका प्रमुख सडक ठप्प

काठमाडौं,१९ भदौ । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीले भदौ १९ गते