पथरी शनिश्चरे ८ को थप नवीन योजना

बालबालिका र खेलाडीलाई १ लाखसम्मको दुर्घटना बीमा

पथरी, ६ बैशाख / वडावासीको सेवा सुविधाका लागि देशमै नमुना काम गर्दै आएको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ ले नगरपालिकामा नै पहिलो पटक आफ्ना वडाभित्रका बालबालिका र खेलाडीहरुलाई दुर्घटनापछिकोे सम्भाव्य जोखिम कम गर्न दुर्घटना बीमा कार्यक्रम ल्याएको छ ।

 

३ बर्षदेखि १५ बर्षसम्मका बालबालिका र १९ बर्षसम्मका खेलाडीहरुको दुर्घटना भएमा एक पटकमा १ लाखसम्मको बिल भुक्तानी वडाले गरिदिने कार्यक्रम ल्याएको वडाअध्यक्ष नवीन कार्कीले बताउनु भयो । बालबालिका दुर्घटनापछि उपचारको अभाव हुने जोखिम कम गर्न र अभिभावकलाई आर्थिक भारबाट जोगाउन बीमा कार्यक्रम ल्याइएको उहाँको धारणा छ ।

यस कार्यक्रम अन्तर्गत बैशाख १५, १६ र १७ गते वडा कार्यालयमा बीमा गराइने वडाले निधो गरेको छ ।

वडाका अन्य नमुना कामहरु :
‘सक्षम छोरी’ कार्यक्रम अन्तर्गत वडाभित्र स्थायीरुपमा बसोबास गर्ने माझी, चौधरी/थारू, धिमाल, मुसहर, दनुवार, भुजेल, राजवंशी, सन्थाललगायतका सीमान्तकृत परिवारमा छोरीहरुका लागि मासिक ५ सय रुपैयाँ वडाले वचत गरिदिने कार्यक्रम अघि बढेको छ । सहिद, बेपत्ता तथा घाइते योद्धाहरुको परिवारको हकमा यो सुविधा स्वतः लागू हुनेछ ।

भविष्यमा पढाइ खर्च स्वरुप वडाले मासिक ५ सय रुपैयाँ बचत गरिदिने र त्यसमा छोरीका अभिभावकले अनिवार्य २०० रुपैयाँ थप गर्नुपर्ने योजना बनाइएको वडाअध्यक्ष कार्कीले जनाउनु भयो । ‘आर्थिक विपन्न तथा सीमान्तकृत परिवारमा जन्मने छोरीहरुलाई विद्यालय शिक्षा लिन सहज हुनेछ । शिक्षा लिनबाट बन्चित हुन नपरोस् भन्ने हाम्रो लक्ष्य हो ।’– उहाँले प्रष्ट्याउनु भयो ।
बचत गरिएको रकम पाँच बर्षसम्म निकाल्न पाइने छैन । पाँच बर्षमा ४२ हजार रकम जम्मा हुनेछ । त्यसमा बैंकको ब्याज समेत थप हुनेछ । दलित समुदायका बालबालिकालाई नेपाल सरकारले नै भत्ता प्रदान गर्ने भएको हुँदा दोहोरो सुविधा दिन असमर्थ भएको पनि वडाध्यक्ष कार्कीले स्पष्ट पार्नुभयो ।

नेपालमै फरक कार्यक्रम ‘वडादेखि ढोकासम्म’
वडाले वडावासीको सुविधाका लागि ०८० सालबाट कागजपत्र होमडेलिभरी गर्नेगरी नेपालमै फरकखाले कार्यक्रम ‘वडादेखि ढोकासम्म’ निरन्तर संचालन गर्ने क्रम अघि बढाएर नेपालमै फरक कामको रुपमा चर्चा कमाएको छ ।
बच्चा जन्मेको ३५ दिनभित्र वडा कार्यलयमा म्यासेन्जर, इमेल, वाट्सएप आदिबाट खबर भएको खण्डमा वडाले जन्मदर्ता लगायतको कागजात घरैमा लगिदिने गरिएको छ । कार्यक्रमलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउनका लागि वडा नम्बर ८ भित्र जन्मने बालबालिकाहरुलाई चिनो स्वरुप फोटो सहितको फ्रेम उपहार जन्मदर्तासँगै होमडेलिभरी कार्य अघि बढाइएको छ । ‘सुत्केरी आमाहरु वडामा आउनु पर्दैन, हामी तपाईंको घरमा आउछौं’ भन्दै गाउँमा सम्बन्धित सबैजनालाई यसखाले सुविधाको उपभोग गर्नका लागि खबर पुर्याउन वडाले अपिल गर्दै आएको छ ।

जन्मेको ३५ दिनभित्रमा जन्मदर्ता, मृत्यु भएको ३५ दिनभित्रमा मृत्युदर्ता, जन्मप्रमाणित, मृत्युप्रमाणित, अस्थायी/स्थायी बसोबास प्रमाणित, आर्थिक बिपन्न नागरिक सिफारिस, ६८ वर्ष पूरा भएपछि राज्यले दिने ज्येष्ठ नागरिक भत्ता कार्ड, अपांगता परिचयपत्र सिफारिस, दीर्घरोगी सिफारिस वडा कार्यालयबाट होमडेलिभरी हुने गरेको छ । यसका साथै रातो र निलो कार्ड भएका अपांगता भएका व्यक्तिहरुको सबैप्रकारको सिफारिस वा प्रमाणित, ७५ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुको सबैप्रकारको सिफारिस वा प्रमाणित कागजात पनि वडामै घर घरमै पुर्‍याउने गरेको छ ।
वडाध्यक्ष मेरो साथी, जनतासँग जनप्रतिनिधिलगायतका वडामा अन्य पनि प्रभावकारी कार्यक्रम सञ्चालन छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

देशभर श्रद्धा र भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी मनाइँदै

काठमाडौं ,१९ भदौ। वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजाआराधना गरी ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज शुक्रबार देशभर श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन् ।भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने

भेलागुडी विश्रान्तिघाटमा बिरामीको चाप बढ्यो

झापा, भदौ १९ । विकास निर्माणसंगै सामाजिक काममा अग्रसर बिर्तामोड ८ स्थित भेलागुडी विश्रान्तिघाट निर्माण समितिले आयोजना गरेको निःशुल्क आँखा शिविरबाट धेरैजना लाभान्वित भएका छन्

त्रिशूली–३ ‘ए’को उद्धार कार्यमा गृहमन्त्री आफैं फिल्डमा

काठमाडौं ,१९ भदौ। बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ ।उद्धार कार्यलाई प्रभावकारी बनाउन र स्थलगत समन्वयका

अर्जुनधारामा मोटरसाइकलको ठक्करले पैदलयात्रीको ज्यान गयो

झापा, भदौ १९। झापाको अर्जुनधारा नगरपालिका–९ बाह्रघरेमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।गएराति अन्दाजी ८ बजे अर्जुनधारा ९ बाह्रघरेस्थित शनिश्चरे– जयपुर भित्री पक्की

१०औँ दिनमा त्रिशूली सुरुङबाट २ जनाको जीवितै उद्धार

 काठमाडौँ , भदौ १९।भोटेकोशीको बाढीपछि त्रिशूली ३ ‘ए’ को सुरुङमा फसेका २ जनाको जीवितै उद्धार गरिएको छ ।सेना र सशस्त्र प्रहरीले विदेशी उद्धारकर्मीहरूको सहयोगमा उनीहरूको

बाढी पहिरोले पृथ्वी राजमार्ग लगायत देशभरका प्रमुख सडक ठप्प

काठमाडौं,१९ भदौ । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीले भदौ १९ गते