प्रधानमन्त्री बालेन शाहको निर्वाचन क्षेत्रका नागरीक भन्छन् : महगी बढेको पीडा सुनाउने ठाउँ भेटेनौ

दमक,७ वैशाख। दमक ३ का कर्ण बहादुर बस्नेत । अटो रिक्सा कुदाएर गुजारा चलाउनु हुन्छ । घरबाट बाहिर निस्कदा अटो रिक्सामा आज कसरी पेट्रोल हाल्ने भन्ने चीन्ता उहाँमा सुरु हुन्छ । उहाँ भन्नु हुन्छ प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा हाम्रो पीडा र समस्या बोली दिने र सोधीदिने कोहि पनि भएन । कहाँ गएर भन्ने कसलाई सुनाउने ? उहाँले प्रश्न गर्नुभयो ।

 

प्रधानमन्त्री बालेनको निर्वाचन क्षेत्रमै बस्नु हुने सरस्वता सिवाकोटि डेरामा बस्नु हुन्छ । दमकमा होटल व्यवसाय गरेर बस्नु भएको छ । बजारमा जाँदा ग्यास पर्याप्त पाइनरहेको, हरेक सामान महगोमा खरिद गर्नु परेको तर ग्राहकले चाहि सस्तोमा खोज्ने भएपछि व्यवसाय गर्ननै चुनौती भएको उहाँले सुनाउनु भयो ।

 

दमक चोकमा भेटिनु भएका धर्मराज खड्काले अहिलेको मुल्य बृद्धिका कारण मद्यम वर्गीय समुदायलाई बाँच्नै मुस्किल परेको सुनाउनु भयो । सरकारले कुनै न कुनै उपाय लगाएर भएपनि यो महगीको मारबाट बाहिर निकालेर राहत दिनु पर्ने उहाँको माग छ ।

तेह्रथुम घर हुनु भएका सरोज निरौला दमकमै बसेर अध्ययनसगै काम पनि गर्नु हुन्छ । अहिले उहाँले गर्ने काममा तलव चाहि बढेको महसुस गर्नु भएको छैन । तर उहाँले बजारमा बढेको हरेक सामानको मुल्यको चाहि प्रत्यक्ष अनुभव लिइरहनु भएको छ । त्यसैले उहाँ भन्नु हुन्छ, वर्तमान सरकारले केके गरेर हुन्छ अहिलेको बढिरहेको बजारको मुल्यलाई नियन्त्रण गर्नु पर्यो, जनतालाई सहज वातावरण बनाइदिन पर्यो ।

अन्तराष्ट्रिय स्तरमा मुल्य बृद्धि भइरहेपनि विभिन्न देशले आफ्ना नागरिकलाई सहज दिन यस्तो अवस्थामा केहि राहतका कार्यक्रम घोषणा गरेका छन् । तर नेपालमा रास्वपा नेतृत्वको करिव दुइ तिहाई सरकार बन्दा पनि कुनै निर्णय नहुनु राज्यले नागरिकको अवस्था नबुझेको हो भन्ने ठहर हुन्छ । अहिलेको मन्त्रिपरिषद धनि नेताहरुको भएका कारण मद्यम र गरिव जनताको अवस्था महसुस गर्न नसकेको कारण राहतको निर्णय गर्न ढिलाई भएको हो कि भन्ने आकंलन पनि गर्न थालीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने